काठमाडौं, २८ फागुन । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आजको जन्मदिनको अवसरमा श्रद्धासुमन अर्पण गर्दै उनको योगदानलाई सम्झेका छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सुहाङले बुवाको निधनपछि रिक्त इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएको जानकारी गराए ।

सुहाङ नेम्वाङले सुवास नेम्वाङको जन्मदिनमा उनलाई सम्झेर श्रद्धासुमन अर्पण गर्दै, इलामको कृषि बजारमा सम्भावना बोकेको छुर्पी व्यवसायको संकटबारे पनि संसदमा जानकारी गराए। उनले छुर्पीको अन्तर्राष्ट्रिय बजारमा भ्याटका कारण समस्या भएको र यसले किसान, उद्योगी, निर्यातकर्ता र राजस्व कार्यालयबीच अन्यौलता सिर्जना गरेको बताएका छन् ।
सांसद नेम्वाङले नेपालबाट निर्यात हुने एकमात्र दुधजन्य पदार्थको उत्पादनमा समस्या बढिरहेको बताउँदै, व्यवसायीहरूमा संकट उत्पन्न भएको र यस समस्याको समाधानको लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहेको बताए ।
सुहाङ नेम्वाङले भने, “छुर्पी उद्योगले देशको अर्थतन्त्रमा सकारात्मक भूमिका खेलेको छ र वर्षेनी चार अर्ब माथि निर्यात हुने गरेको तथ्यांक छ, तर भ्याटको अन्यौलताका कारण अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समस्या आएको छ ।”