काठमाडाैं, २८ फागुन । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटाका बहुप्रतीक्षित तीन नयाँ गाडी कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा सफारी बीरगन्जमा भव्य समारोहका बीच सार्वजनिक गरेको छ। बीरगन्जस्थित प्राइम मोटर्समा आयोजित कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र नेपालका लागि टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानको उपस्थितिमा नयाँ गाडीहरू सार्वजनिक गरिएका हुन् ।

सिप्रदी ट्रेडिङका बिजनेस युनिट प्रमुख सिजापतीले टाटाका नयाँ र स्टाइलिश गाडीहरू नेपाली ग्राहकहरूको बजेट र आवश्यकता अनुसार उपयुक्त हुने भन्दै बीरगन्जमा यी गाडी लन्च गर्न पाउँदा उत्साहित रहेको बताए। उनले सिप्रदीले बिक्रीपछिको सेवा, सर्भिस तथा चार्जिङ नेटवर्कलाई उच्च प्राथमिकता दिँदै आएको भन्दै ग्राहकहरूलाई गुणस्तरीय सेवाको ग्यारेन्टी रहेको उल्लेख गरे।
प्राइम मोटर्सका प्रोपाइटर सुवोध सापकोटाले विशेष गरी टाटा कर्भ ईभीलाई ग्राहकहरू अत्यधिक प्रतिक्षा गरिरहेका बताउँदै अब गाडीको डेलिभरी सुरु गर्न पाउँदा खुशी लागेको बताए। कार्यक्रममा प्रमुख अतिथि मन्त्री जनार्दन सिंह क्षेत्रीले सिप्रदी ट्रेडिङको सेवा सुविधाबाट प्रभावित भएको भन्दै आगामी दिनमा अझ प्रविधि र सेवा विस्तारको शुभकामना दिए।
नेपालका लागि टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा कर्भ ईभी लामो दूरीका यात्राका लागि उत्कृष्ट विकल्प रहेको बताउँदै, एकै पटकको चार्जमा काठमाडौंदेखि भारतको पटना वा मुजफ्फरपुर सहजै यात्रा गर्न सकिने जानकारी दिए ।