रुपन्देही,२८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुपन्देहीको ओमसतियामा भव्य स्वागत गरिएको छ। उनको सम्मानमा ७१ किलोको फूलको माला अर्पण गरिएको छ।

ओमसतिया–६, जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डको उमेरसँग मेल खाने गरी ७१ केजीको माला लगाएर सम्मान गरेको हो। समितिका अध्यक्ष एवं ओमसतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलका अनुसार, यो सम्मान प्रचण्डप्रतिको उच्च आदर भावको प्रतीक हो।
प्रचण्ड आज रुपन्देहीमा विभिन्न कार्यक्रममा सहभागी हुन आएका छन्। उनको स्वागतमा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।