आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

आन्तरिक रोजगारी प्रवर्द्धन दशक कार्यान्वयनका लागि नयाँ रणनीति बनाउने तयारीमा सरकार

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं, २८ फागुन । नेपाल सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक सफलतापूर्वक कार्यान्वयन गर्नका लागि नयाँ रणनीति, कार्यनीति र कार्यक्रम तयार गर्ने निर्णय गरेको छ। राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ मा श्रम तथा रोजगार मन्त्रालयले यसका लागि घोषणापत्र जारी गरेको हो ।

- Advertisement -

सम्मेलनमा, आन्तरिक रोजगारी सिर्जनालाई तीव्रता दिने उद्देश्यका साथ सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक का गतिविधिहरू आगामी आवधिक योजनाहरू, वार्षिक नीति कार्यक्रम र बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाएको छ । यसमा, सरकारी क्षेत्रको सहजीकरण र निजी क्षेत्रको नेतृत्वमा नवीनतम उद्योग र क्षेत्रहरूमा लगानी वृद्धि गर्दै आन्तरिक रोजगारीको प्रवर्द्धन गरिनेछ ।

गोषणापत्रमा उल्लेख गरिएको छ कि, श्रम बजारको मागको आधारमा सिपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान र निजी क्षेत्रका रोजगारदातासँग समन्वय र सहकार्य गरिनेछ। स्थानीय तहका रोजगार सेवा केन्द्रहरूको सुदृढीकरण, सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता, र सूचना प्रविधिको प्रयोगलाई अधिकतम बनाउँदै श्रमिक र रोजगारदाताका लागि साझा सूचना केन्द्र बनाइनेछ ।

मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सिप प्रमाणीकरण र उद्यमशीलता विस्तारमा ध्यान दिने बताएको छ। साथै, सूचना प्रविधि र स्टार्टअप कार्यक्रम मार्फत युवाहरूका लागि नयाँ अवसरहरू सृजना गर्ने लक्ष्य राखिएको छ ।

श्रम आप्रवासन व्यवस्थापन र श्रमिकलाई उद्यमीमा रूपान्तरण गर्ने उद्देश्यसाथ राष्ट्रिय कार्यक्रम सञ्चालन गर्ने योजना पनि सरकारले बनाएको छ ।

ताजा समाचार

spot_img

थप समाचार