आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

चैत १ देखि काठमाडौं महानगरमा अनलाइन नागरिकता सिफारिस सेवा सुरु

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ फागुन । काठमाडौं महानगरपालिकाले १ चैतदेखि नागरिकता सिफारिस प्रक्रियालाई अनलाइन प्रणालीमा लैजाने भएको छ । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा सूचना प्रविधि विभागले हालै महानगरका वडा सचिवहरूलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सीसीआईएमएस)को प्रयोगात्मक अभ्यास गराउँदै युजरनेम र पासवर्ड उपलब्ध गराएको छ ।
महानगरपालिकाको सेवा प्रवाहलाई डिजिटल बनाउन सुशासन समिति र सूचना प्रविधि समितिले अन्तरसम्बन्धित प्रणाली सञ्चालन गर्ने निर्णय अनुसार अनलाइन नागरिकता सिफारिस प्रणाली लागु गर्न लागिएको हो ।‍
नयाँ प्रणालीअनुसार विवरण प्रविष्ट गर्ने, कागजात प्रमाणित गरी स्क्यान कपी अपलोड गर्ने र विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने कार्य अनलाइनमार्फत हुनेछ । गृह मन्त्रालयले कार्यान्वयनमा ल्याएको यो प्रणाली हालसम्म २० जिल्लाका करिब २५ सय वडाले प्रयोग गरिसकेका छन् ।
यस प्रणालीमा दुई मोड्युल छन्- इन्टरनल मोड्युल (आन्तरिक प्रणाली) जसलाई केवल वडा कार्यालयमा जडान गरिएका कम्प्युटरबाट चलाउन सकिन्छ र एक्सटर्नल मोड्युल (सार्वजनिक प्रणाली) जसलाई इन्टरनेट भएका कम्प्युटरबाट पनि चलाउन सकिन्छ ।
यस सेवाअन्तर्गत नागरिकले वडामा उपस्थित भएर कागजात बुझाउनुपर्ने छ, जसलाई वडा कर्मचारीले अनलाइन प्रणालीमा प्रविष्ट गर्नेछन् ।
सेवाग्राहीले विवरण रुजु गरेपछि आवश्यक कागजात समावेश गरेर वडा कार्यालयले अनलाइनमार्फत जिल्ला प्रशासन कार्यालयमा पठाउनेछ । नयाँ प्रणाली लागु भएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकताको विवरण पुन: प्रविष्ट गर्नुपर्ने झन्झट हट्ने र स्वीकृति दिन सहज हुने बताइएको छ ।

ताजा समाचार

spot_img

थप समाचार