आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

महायज्ञको नाममा दलितको घर...

जनकपुर,१० चैत । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञको नाममा जातीय विभेदको शिकार भएको...

बारा– ढल्केबर प्रसारण लाइन...

जनकपुर,१० चैत । नेपाल विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउने र नेपाल-भारत बीचको विद्युत्...

राष्ट्रिय सभाको बैठक आज...

काठमाडौं,१० चैत । संघीय संसदको राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ बजे संसद...

टिकटकले ल्यायो नयाँ सुरक्षा...

काठमाडौं,१० चैत। टिकटकले आफ्नो प्रयोगकर्ताको खाता सुरक्षा बलियो बनाउने उद्देश्यले नयाँ सुरक्षा जाँच...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

अब बीरगन्जको मुहार फेरिने, मुख्य सडक विस्तारका लागि अन्तिम बाधा हट्यो

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,  २८ फागुन ।बीरगन्जबासीका लागि खुसीको खबर, बीरगन्जको मुख्य सडक २५÷२५ मिटर पराकिलो पार्ने र्सोच्चको फैसला आउने संभावना देखिएको छ । मुख्य सडक फराकिलो बनाउन नहुने भन्दै सडक दायाबायाका घरधनीले दायर गरेको रिट खारेज भएको छ ।

- Advertisement -

लामो समयदेखि सर्वोच्च अदालतमा अल्झिएको बीरगन्जको मुख्य सडक विस्तारसम्बन्धी मुद्दामा  आज फैसला आएको छ ।  “हेर्दा हेर्दैमा” सूचीमा रहेको यो मुद्दामा आज फैसला आएको हो । फैसला आएसँगै बीरगन्जका मुख्य सडक अब २५ मिटर बढाईने बाटो खुलेको छ ।

सडक विस्तारका पक्षधरहरू बीरगन्जको बढ्दो सवारी चाप, यातायात व्यवस्थापन र सहरी पूर्वाधार सुधारका लागि सडक फराकिलो पार्नु जरुरी भएको तर्क गर्छन्। तर, केही स्थानीय व्यापारी र जग्गाधनीहरू सडक विस्तारका क्रममा घर तथा संरचना भत्किन सक्ने भन्दै अदालतमा गएका थिए ।

यो मुद्दा २०७६ साउन १७ देखि सर्वोच्च अदालतमा विचाराधीन छ। सडक विभागले बीरगन्जको मुख्य सडकको दायाँबायाँ २५-२५ मिटर क्षेत्र खाली गर्न पहल गरेपछि स्थानीय वीरेन्द्रकुमार सङ्घाईलगायतले विभागको निर्णयविरुद्ध रिट दायर गरेका थिए। सोही कारण अदालतले अन्तरिम आदेश जारी गर्दै अतिक्रमण हटाउने प्रक्रिया रोक्न निर्देशन दिएको थियो।

विगत ३० वर्षभन्दा बढी समयदेखि सडक विभागले गण्डकदेखि दक्षिणतर्फको सडक अतिक्रमण हटाउन प्रयास गर्दै आए पनि सफल हुन सकेको थिएन। ५ वर्षअघि विभागले ३५ दिने सूचना जारी गरेपछि मुद्दा अदालतसम्म पुगेको हो।

नगरप्रमुख राजेशमान सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँलका अनुसार, सर्वोच्चले पछिल्लो पटक मन्त्रिपरिषद्को निर्णय माग गरेको थियो। अब सबै आवश्यक कागजात अदालतमा पेस भइसकेकाले आजको सुनुवाइमा सडक विस्तारसँग सम्बन्धित सबै मुद्दामा एकसाथ आदेश हुने अपेक्षा गरिए अनुसार सर्वोच्चले फैसला सुनाएको छ ।

यदि फैसला सडक विभागको पक्षमा आएमा, बीरगन्जको मुख्य सडक गण्डकदेखि मितेरी पुलसम्मका करिब १,१०० घरधुरी प्रभावित हुन सक्छन्। महानगरपालिकाका रेकर्डअनुसार ९५० घरधुरी सडकसँग जोडिएका छन्, जसमध्ये १५० भन्दा बढीले मात्रै नक्सा पास गराएका छन्। नक्सा पास गर्दा २५-२५ मिटर क्षेत्र खाली गर्नुपर्ने सर्त रहेको प्रमाण पनि भेटिएको छ।

सडक विभागको अतिक्रमणको दाबी र स्थानीय नापी कार्यालयबाट जग्गाधनी प्रमाणपत्र जारी गरिएका कित्ताकाट बिच विवाद कायमै छ। अघिल्लो नगरप्रमुख विजयकुमार सरावगीले १५-१५ मिटर अतिक्रमण हटाउने निर्णय गरे पनि, सडक विभागले त्यो अस्वीकार गर्दै २५-२५ मिटर मापदण्डमै अडिग रहेकाे थियाे ।

ताजा समाचार

spot_img

थप समाचार