आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...

सर्लाहीका १९अस्पताल बन्द गर्न...

जनकपुर,१० चैत । मधेसका मुख्यमन्त्री सतिश सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा अनुगमन गर्दै २३...

बैङ्लोरको आईपीएलमा शानदार सुरुआत,...

काठमाडौं,१० चैत। इन्डियन प्रिमियर लिग (IPL) मा रोयल च्यालेन्जर्स बैङ्लोरले विजयी सुरुआत गरेको...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

चैत ५ को स्ववियु चुनावमा नेविसंघको बलियो पकड

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज,२८ फाल्गुन । वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघको स्ववियु सभापति उम्मेदवार दियान्सु श्रेष्ठले चैत ५ मा स्ववियु निर्वाचनमा नेविसंघको जित सुनिश्चित रहेको बताएकी छन् ।

- Advertisement -

मधेसखबरसंगको कुराकानीमा श्रेष्ठले भनिन्,‘ विगतको निर्वाचनमा अनेरास्ववियुले जितेपनि विद्यार्थीको सुखदुखमा उनिहरु कहिल्यैपनि देखा परेनन् । मतलबपनि गरेनन् । हारेपनि नेविसंघले नै विद्यार्थीहरुको हकहितका लागि लड्दै आएको छ । त्यसका कारण यसपालिको निर्वाचनमा हाम्रो जित पक्का छ ।’

यसअघि अनेरास्ववियुबाट जितेको स्ववियुको निस्कृयताका कारण वीरगन्ज नर्सिङ क्याम्पसमा स्ववियु पनि छ र भन्ने अनुभूती विद्यार्थीहरुले गर्न नसकेको उनले बताइन् ।

क्याम्पसको ल्याबको अवस्था ठिक नरहेको , शौचालय दुरावस्थामा रहेको , कक्षाकोठा विद्यार्थी मैत्री नभएको ,छात्रावासमा खानाको शुल्कमा विद्यार्थीहरुलाइ विभेद गरिएको लगायतका समस्याहरु रहेको उनले बताइन् । क्याम्पसमा अहिले विभिन्न समस्याहरु रहेको भन्दै उनले ती समस्या अब नेविसंघ नेतृत्वकोे स्ववियुले सम्बोधन गराउने दाबीपनि गरिन् । ती समस्याको सम्बोधन क्याम्पस प्रशासनबाट हुन नसके नेविसंघले स्थानीय दाताहरुसंग समन्वय गरेर समस्या समाधान गराउने उनको दाबी थियो ।

चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघ ,अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) गरी ३ संगठन चुनावी प्रतिस्पर्धामा छन् ।

ताजा समाचार

spot_img

थप समाचार