Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

लोकतन्त्रकै लागि सरकार खतरा बन्दै गरेकाे सांसद गौतमको आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारको नियन्त्रणमुखी प्रवृत्तिप्रति कडा आपत्ति जनाउँदै लोकतन्त्रकै लागि सरकार नै खतरा बन्दै गएको टिप्पणी गरेकी छिन्।

संसद्को शून्य समयमा बोल्दै उनले सरकारको व्यवहार दमनमुखी बन्दै गएको र नयाँ आवाजलाई दबाउन खोजिएको आरोप लगाइन्। कानुनलाई प्रतिशोधको हतियारका रूपमा प्रयोग गरिँदैछ भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाइन्।

सांसद गौतमले सामाजिक सञ्जाल, सडक, संसद् जताततै सरकारले नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै भनिन्,”सरकारले प्रश्न गर्ने सांसदलाई होच्याउने, पत्रकारको पास खोस्ने, निषेधाज्ञा लगाएर सडक कब्जा गर्न खोज्ने प्रवृत्ति देखाइरहेको छ। तर, सरकारले जनताको चेतना नियन्त्रण गर्न सक्दैन।”

उनले सबैको विचार अट्ने लोकतान्त्रिक व्यवहार गर्न सरकारलाई चेतावनी दिँदै भनेकी छिन्,
“नत्र परिणाम जनताको पक्षमा हुनेछ।”

सोबिता गौतमले सरकार निरन्तर संकटमा फसेको र जनताको विश्वास गुमाइसकेको दाबी गरिन्। सरकारको नीति र व्यवहार लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध जान थालेको भन्दै उनले सचेत गराइन् कि यदि यही प्रवृत्ति जारी रह्यो भने परिणाम सरकारका लागि गम्भीर हुन सक्छ।

ताजा समाचार

थप समाचार