आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

१६ वर्षपछि ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचनको रौनक

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज्,२८ फाल्गुन । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा उत्साहजनक सहभागिता देखिएको छ। सभापति पदका लागि मात्रै १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

- Advertisement -

लामो समयपछि हुन लागेको निर्वाचनले विद्यार्थीहरूमा नयाँ जोश र जाँगर थपेको छ। विभिन्न राजनीतिक दल, सम्बद्ध विद्यार्थी संघ संगठन र समूहबाट गरी १४ जनाको उम्मेदवारी परेको हो।

मंगलबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको थियो। प्रत्यक्षतर्फ सभापति, सचिव र कोषाध्यक्ष तथा ८ जना सदस्य र समानुपातिकतर्फ उपसभापति, सहसचिव र ८ सदस्य गरी २१ पदका लागि २४७ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत सिंहले जानकारी दिए।

नेविसंघका विकास कुमार मण्डल धानुक, अनेरास्ववियुबाट पवन यादव, अनेरास्ववियु (क्रान्तिकारी) का अनिष पटेल, समाजवादी विद्यार्थी युनियनबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अली, जय नेपाल विद्यार्थी संघबाट राजु गुप्ता, दिलिप राज महतो स्वतन्त्र विद्यार्थी युनियनबाट दिलिपराज महतो, नेपाल विद्यार्थी समूहबाट राजकुमार यादव, स्वतन्त्र युवा समूहबाट श्याम प्रसाद गुप्ता, नेपाल विद्यार्थी कल्याण समूह धर्मेन्द्र साह कानु, राष्ट्रिय विद्यार्थी संघबाट सुधांशु चौरसिया, भोट फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियनबाट सिकेन्द्र यादव, सुधिर पटेल समूहबाट कमलेश यादव र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट दपेश कुमार साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

दर्ता भएका उम्मेदवारीमाथि बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दाबी विरोध हुनेछ। बुधबार साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। बिहीबार बिहान साढे १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ।

ठाकुरराम क्याम्पसमा १० हजार ५ सयभन्दा बढी मतदाता रहेका छन्। १६ वर्षपछि हुन लागेको निर्वाचनले विद्यार्थीहरूमा उत्साह थपेको छ।

ताजा समाचार

spot_img

थप समाचार