Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

त्रिभुवन विश्वविद्यालयका ८२ क्याम्पसमा निर्विरोध अध्यक्ष चयन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाें, २८ फागुन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा हालसम्म ८२ स्थानमा स्ववियु अध्यक्ष सर्वसम्मत चयन भएका छन्। यसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले ३२ क्याम्पसमा अध्यक्ष निर्विरोध चयन गरेको जनाएको छ ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले २८ क्याम्पसमा अध्यक्ष निर्विरोध चयन भएको जानकारी दिएको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट २१ क्याम्पसमा निर्विरोध अध्यक्ष चयन भएका छन् ।

अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले निर्विरोध चयन भएका क्याम्पसहरूको नामावली सार्वजनिक गरेका छन् भने नेविसंघले केवल क्याम्पसहरूको नाम पठाएको छ ।

स्ववियु निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया बुधबार सम्पन्न भएको छ र आगामी ५ चैतमा निर्वाचन तालिका सार्वजनिक हुने जनाइएको छ।

ताजा समाचार

थप समाचार