काठमाडौं, २८ फागुन । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा हवाई उडान प्रभावित भएका छन् । प्रतिकुल मौसम र न्यून भिजिविलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन् । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले मौसम खराबीका कारण केही विमान आकाशमै होल्डमा परेको जानकारी दिएका छन् ।

जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्डपछि अवतरण भएको छ । त्यस्तै, कतार एअरवेजको विमान, एअर इन्डिया, बाटिक एअर, फ्लाइ दुबई र यति एअरलाइन्सका विभिन्न उडानहरू कम भिजिविलिटीका कारण आकाशमा थमिएका थिए ।
विमानस्थलको कार्यालयले घटनाबारे जानकारी दिँदै उडानहरूको सामान्य स्थिति फर्कने प्रयास भइरहेको बताएको छ ।