आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारिने प्रचण्डकाे दावी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल,२८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने चेतावनी दिएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सत्ता गठबन्धनभित्रका भ्रष्टाचार र विचौलियावादी प्रवृत्तिले जनतामा निराशा बढाइरहेको भन्दै सचेत गराए।

- Advertisement -

अध्यक्ष प्रचण्डका अनुसार, इतिहासबाट हटिसकेका प्रतिगामी तत्वहरू फेरि सक्रिय हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध षड्यन्त्र गरिरहेका छन्। उनले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि माओवादी केन्द्र तयार रहेको स्पष्ट पार्दै, “पार्टीले अपिल गरे लाखौँ जनता काठमाडौँको सडकमा उत्रन्छन्,” भने।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा अघि बढ्नुपर्ने बताउँदै, संघीयता, समावेशिता, र समानुपातिक प्रतिनिधित्वमाथि प्रहार सह्य नहुने स्पष्ट गरे।

त्यसैगरी, उत्पीडित समुदायको अधिकार संरक्षणका लागि जातीय क्षेत्रीय मोर्चाहरूलाई पुनः सशक्त बनाउने योजना रहेको बताउँदै प्रचण्डले तामाङ, गुरुङ, थारु, र मगर मोर्चाको सम्मेलन सम्पन्न भइसकेको र बाँकी मोर्चाहरूलाई पनि क्रमशः सक्रिय बनाइने जानकारी दिए।

ताजा समाचार

spot_img

थप समाचार