काठमाडौं,२८ फाल्गुन । प्रतिनिधिसभामा आगामी ७ चैतमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ। सभामुख देवराज घिमिरेले सांसदहरूलाई उक्त दिन प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा प्रश्न गर्ने अवसर रहने जानकारी गराएका छन्।

यस कार्यक्रममार्फत सांसदहरूले समसामयिक मुद्दा, सरकारका नीतिहरू र निर्णयहरूबारे प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा जिज्ञासा राख्न सक्नेछन्।