काठमाडौं,२९ फागुन । जारी पीएम कप प्रतियोगितामा आज तीन रोमाञ्चक खेलहरू हुनेछन्।

पहिलो खेलमा एपीएफ र मधेश प्रदेश भिड्नेछन्, जुन देउखुरी क्रिकेट स्टेडियममा बिहान ९ बजे सुरु हुनेछ। दुवै टिमले आफ्नो पहिलो खेलमा जित हासिल गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेका छन्।
त्यसैगरी, अर्को खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीच हुनेछ। यो खेल एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम, तिलोत्तमामा बिहान ८ बजे सुरु हुनेछ। त्रिभुवन आर्मी क्लबले आफ्नो दुवै खेल जित्दै प्रतियोगितामा शानदार शुरुवात गरेको छ भने कर्णाली प्रदेशले दुई खेलमा एक जित र एक हारको सामना गरेको छ।
अन्तिम खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बीच हुनेछ। सिद्धार्थ रंगशालामा हुने यो खेल पनि बिहान ९ बजे सुरु हुनेछ। गण्डकी र लुम्बिनी प्रदेशले अबधि खेलेका दुई खेलहरूमा एक-एक जित र हार झेलिसकेका छन्।
आजको यी तीन खेलहरूले प्रतियोगिता अझै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने छन्।