Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

पीएम कपमा आज तीन खेल हुँदैछन्

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ फागुन । जारी पीएम कप प्रतियोगितामा आज तीन रोमाञ्चक खेलहरू हुनेछन्।

पहिलो खेलमा एपीएफ र मधेश प्रदेश भिड्नेछन्, जुन देउखुरी क्रिकेट स्टेडियममा बिहान ९ बजे सुरु हुनेछ। दुवै टिमले आफ्नो पहिलो खेलमा जित हासिल गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेका छन्।

त्यसैगरी, अर्को खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश बीच हुनेछ। यो खेल एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम, तिलोत्तमामा बिहान ८ बजे सुरु हुनेछ। त्रिभुवन आर्मी क्लबले आफ्नो दुवै खेल जित्दै प्रतियोगितामा शानदार शुरुवात गरेको छ भने कर्णाली प्रदेशले दुई खेलमा एक जित र एक हारको सामना गरेको छ।

अन्तिम खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश बीच हुनेछ। सिद्धार्थ रंगशालामा हुने यो खेल पनि बिहान ९ बजे सुरु हुनेछ। गण्डकी र लुम्बिनी प्रदेशले अबधि खेलेका दुई खेलहरूमा एक-एक जित र हार झेलिसकेका छन्।

आजको यी तीन खेलहरूले प्रतियोगिता अझै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउने छन्।

ताजा समाचार

थप समाचार