Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

नेपालमा होलीका लागि ४० करोडभन्दा बढीको रङ आयात

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, २९ फाल्गुन । होली पर्वको चटारो बढ्दै जाँदा नेपालमा रङको आयात पनि तीव्र रूपमा बढेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा मात्रै नेपालले ४० करोड ५० लाख रुपैयाँभन्दा बढीको रङ आयात गरिसकेको छ ।

आधिकारिक तथ्याङ्कअनुसार, यो अवधिमा ७ लाख ७१ हजार किलोभन्दा बढी रङ नेपाल भित्रिएको छ, जसबाट सरकारको राजस्व संकलन ८ करोड ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो परिमाण केही वृद्धि भएको देखिएको छ ।

नेपालले होलीका लागि आवश्यक रङ मुख्यतः भारत, चीन, अस्ट्रेलिया लगायत १० देशबाट आयात गर्ने गरेको छ। भारत यो सूचीको अग्रस्थानमा रहेको छ, जहाँबाट ३७ करोड २७ लाख रुपैयाँ बराबरको ७ लाख ४६ हजार किलो रङ भित्रिएको छ। त्यस्तै, चीन दोस्रो स्थानमा रहँदै १ करोड ७१ लाख रुपैयाँ बराबरको २४ हजार ५५१ किलो रङ आपूर्ति गरेको छ।

हालको तथ्याङ्क हेर्दा, नेपालमा रङको कुल आयात गत वर्षको तुलनामा केही घटेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा ७२ करोड ७९ लाख रुपैयाँ बराबरको रङ आयात भएको थियो भने चालु आर्थिक वर्षमा यो परिमाण घटेर ६६ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ।

नेपालमा रङ होली पर्वका लागि मात्र नभई तिहार तथा अन्य सांस्कृतिक तथा औद्योगिक प्रयोजनका लागि समेत प्रयोग हुने गर्दछ। होली नजिकिँदै गर्दा बजारमा रङको माग बढेसँगै व्यापारिक चहलपहल पनि बढेको छ।

ताजा समाचार

थप समाचार