आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

आज मिथिला माध्यमिकी परिक्रमाका यात्रीहरू जनकपुरधाम फर्किँदै

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ, २९ फागुन । आज मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत १५ दिने यात्रामा रहेकाहरू पुनः जनकपुरधाम फर्किँदै छन् । उनीहरू हिजो १४औं दिन भारत बिहारको विसौलमा विश्राम गरेपछि आज जनकपुरधाम आउन लागेका हुन् ।

- Advertisement -

जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य विभिन्न ठाउँमा विश्राम गर्नेछन् ।

यही फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८ कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट शुरू भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत् रूपमा प्रारम्भ भएको थियो ।

फागुपूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । जसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू पनि सामेल हुने गर्छन् ।

१५ दिने परिक्रमा यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फूलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही र पुनः भारतको करुणा, विसौल हुँदै जनकपुरधामसम्म एक सय ३३ किलोमिटरको यात्रा गरिन्छ ।

भोलि शुक्रवार परिक्रमा समापन भएसँगै पर्सि शनिवार मिथिलाञ्चलभरी होली पर्व उल्लासका साथ मनाइनेछ ।

ताजा समाचार

spot_img

थप समाचार