आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालमा ‘नथिङ फोन 3A’ सार्वजनिक

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २९ फागुन । स्मार्टफोन ब्रान्ड ‘नथिङ’ ले आफ्नो नयाँ मोडल ‘नथिङ फोन 3A’ नेपाली बजारमा भित्र्याएको छ । चौधरी ग्रुपअन्तर्गतको सीजी मोबाइल्स ले यो फोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो ।

- Advertisement -

मार्च ५ देखि सुरु गरिएको प्रि-बुकिङ उपभोक्ताको उच्च मागका कारण दोस्रो दिनमै बन्द गर्नुपरेको सीजी मोबाइल्सका महाप्रबन्धक विनय जोशीले बताएका छन्। सीमित स्टकमा उपलब्ध विशेष अफरकै कारण फोनप्रति उपभोक्ताको ठूलो आकर्षण देखिएको उनले जना ए ।

‘नथिङ फोन 3A’ ले आफ्नो ट्रान्सप्यारेन्ट ब्याक डिजाइन र ग्लिफ लाइटिङ को विशिष्ट पहिचानलाई कायम राख्दै आएको छ। यस संस्करणमा अघिल्लो मोडलको प्लास्टिक ब्याकलाई ग्लास ब्याक ले प्रतिस्थापन गरिएको छ, जसले फोनलाई थप प्रिमियम लुक दिएको छ।

यसमा ५००० एमएएच ब्याट्री, ५० वाटको वायरलेस चार्जिङ, १२० हर्जको एमोलेड डिस्प्ले, स्न्यापड्रागन जेन ७ एस प्रोसेसर, र एन्ड्रोइड १५ अपरेटिङ सिस्टम दिइएको छ। कम्पनीले तीन वर्षसम्म ओएस अपडेट उपलब्ध गराउने घोषणा गरेको छ।

फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५० मेगापिक्सेलकै टेलिफोटो क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा, र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ। साथै, फोरके भिडिओ सुटिंग र अप्टिकल इमेज स्टेबलाइजेसन (OIS) जस्ता विशेष फिचरहरू उपलब्ध छन्।

नेपालमा यो फोन ८ जीबी र्‍याम + १२८ जीबी स्टोरेज र १२ जीबी र्‍याम + २५६ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ। ब्ल्याक, ह्वाइट र ब्लु कलर अप्सनमा आएको फोनको सुरुवाती मूल्य रु. ४८,९९९ तोकिएको छ।

ताजा समाचार

spot_img

थप समाचार