आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

प्रतिस्थापन विधेयकहरू फास्ट ट्रयाकमार्फत अघि बढ्दै

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२९ फाल्गुन । प्रतिस्थापन विधेयकहरू फास्ट ट्र्याक अघि बढाइने भएको छ ।

- Advertisement -

सरकारले संसद अधिवेन नरहेका बेला ल्याएका विभिन्न पाँच वटा अध्यादेश स्वीकृत भएपछि सरकारले प्रतिस्थापन विधेयक ल्याएको छ । सबै प्रतिस्थापन विधेयक संसदीय समितिमा नलगेरै अगाडि बढाउने तयारी संसद सचिवालयको छ ।

गत माघ १८ गते सबै अध्यादेश दुवै हाउसमा प्रस्तुत भएका थिए । त्यसको ६० दिनभित्र प्रतिस्थापन विधेयक पास भएर पनि प्रमाणीकरण भइसक्नुपर्ने समयको दबाबमा रहेको बताउँछन् संसद सचिवालयका प्रवक्ता एकराम गिरी । गिरीका अनुसार दुइटा प्रतिस्थापन विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । बुधबार नै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । यी दुई विधेयकमाथि सांसदहरूलाई संशोधन प्रस्ताव दर्ता गर्ने बाटो खुलेको छ ।

बाँकी तीन वटा विधेयकमाथि आगामी बैठकमा सैद्धान्तिक छलफल गर्ने तयारी छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी चैत ३ गते बस्ते तय भएको छ । उक्त बैठकमा तीन वटा विधेयकमाथि सैद्धान्तिक छलफल गरेर अगाडि बढाउन लागिएको हो ।

जसमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ ।

यी पाँच वटै विधेयकलाई यही चैत १० गतेभित्र प्रतिनिधि सभाबाट पास गर्ने तयारी छ ।

त्यसपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट समेत पास भएर पुनः प्रतिनिधि सभामा आएर राष्ट्रपतिकहाँ विधेयकहरू पुग्नुपर्ने हुन्छ । यसका लागि आगामी चैत १८ गतेसम्मको मात्रै समय भएकाले प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा अगाडि बढाउन लागिएको हो ।

फास्ट ट्रयाकमा विधेयक अगाडि बढाउँदा यि विधेयकहरू दफावार छलफलका लागि संसदीय समितिमा नलगिने भएको छ । सामान्यतया विधेयकमाथि दफावार छलफल संसदीय विषयगत समितिमा हुने गरेको छ । तर, समयको चापका कारणले सभामै छलफल गरेर अगाडि बढाउन लागिएको संसद सचिवालयका अधिकारीहरू बताउँछन् ।

ताजा समाचार

spot_img

थप समाचार