आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

महायज्ञको नाममा दलितको घर...

जनकपुर,१० चैत । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञको नाममा जातीय विभेदको शिकार भएको...

बारा– ढल्केबर प्रसारण लाइन...

जनकपुर,१० चैत । नेपाल विद्युत् प्रसारण प्रणालीलाई सुदृढ बनाउने र नेपाल-भारत बीचको विद्युत्...

राष्ट्रिय सभाको बैठक आज...

काठमाडौं,१० चैत । संघीय संसदको राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ बजे संसद...

टिकटकले ल्यायो नयाँ सुरक्षा...

काठमाडौं,१० चैत। टिकटकले आफ्नो प्रयोगकर्ताको खाता सुरक्षा बलियो बनाउने उद्देश्यले नयाँ सुरक्षा जाँच...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

आज विश्व मिर्गौला दिवस: समयमै सचेत बनौँ, मिर्गौला बचाऔँ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाण्डौ, २९ फागुन । आज फागुन २९ गते विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्वभर मिर्गौलासम्बन्धी सचेतना फैलाउन यो दिवस मनाइन्छ। सन् २००६ देखि सुरु भएको यस दिवसलाई यस वर्ष ‘मिर्गौला स्वास्थ्यबारे समयमै थाहा पाऔँ, मिर्गौला बचाऔँ’ भन्ने नाराका साथ मनाइँदैछ।

- Advertisement -

ग्लोबल तथ्यांकअनुसार विश्वभर १० मध्ये एक जनालाई दीर्घकालीन मिर्गौला रोग हुने गर्छ। अनुमानित ८५ करोड मानिस यो समस्याबाट ग्रस्त छन्, विशेषगरी वृद्धवृद्धा, मधुमेह भएका बिरामी, र उच्च रक्तचापका रोगीहरू जोखिममा छन्।

दक्षिण एसियाली मुलुकहरू – नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कामा मधुमेह र उच्च रक्तचापका कारण मिर्गौला रोगको समस्या तीव्र गतिमा बढिरहेको चिकित्सकहरू बताउँछन् ।

नेपालभर १०० भन्दा बढी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा डायलसिस सेवा उपलब्ध छ। झन्डै ८,००० जना बिरामीहरू डायलसिसको सहायताले जीवनयापन गरिरहेका छन् ।

मिर्गौला प्रत्यारोपण सेवाका लागि नेपालमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र (भक्तपुर), ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लगायतका सरकारी तथा निजी अस्पतालहरू क्रियाशील छन् ।

विशेषज्ञहरूका अनुसार नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, प्रशस्त पानी पिउने, नियमित व्यायाम गर्ने, र धुलो-धुँवा तथा प्रदूषणबाट जोगिने जस्ता उपाय अपनाएर मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ ।

4

ताजा समाचार

spot_img

थप समाचार