आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

चीन-अमेरिका व्यापार तनाव चुलियो, वार्ताका लागि बेइजिङको आह्वान

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं, २९ फागुन । विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दै गएको व्यापार तनाव समाधान गर्न चीनले बिहीबार वासिङ्टनसँग वार्ताका लागि आग्रह गरेको छ। चीनले आपसी सम्मान र समानताका आधारमा समाधान खोज्नुपर्नेमा जोड दिँदै धम्की र दबाबले केवल नकारात्मक असर पार्ने चेतावनी दिएको छ ।

- Advertisement -

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ्गकियानले साप्ताहिक पत्रकार सम्मेलनमा भने, “चीनले सधैँ आर्थिक तथा व्यापारिक विवादहरूलाई संवाद र परामर्शमार्फत हल गर्नुपर्ने वकालत गर्दै आएको छ। तर, समाधान आपसी सम्मान र समानतामा आधारित हुनुपर्छ । ”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः पदभार ग्रहण गरेयता फेन्टानिल तथा अन्य प्रतिबन्धित रसायनहरूको प्रवाह रोक्न असफल भएको आरोप लगाउँदै चीन, क्यानाडा, मेक्सिकोलगायत प्रमुख व्यापारिक साझेदारहरूमा भन्सार शुल्क वृद्धि गरेका छन् ।

हालै ट्रम्प प्रशासनले चिनियाँ उत्पादनहरूमा १० प्रतिशत रहेको भन्सार शुल्क बढाएर २० प्रतिशत पुर्‍याएको छ। यसको प्रतिक्रिया स्वरूप बेइजिङले अमेरिकी सोयाबिन, सुँगुरको मासु, कुखुराजस्ता कृषि वस्तुहरूमा १५ प्रतिशतसम्म कर लगाउने निर्णय गरेको छ ।

यसैबीच, चीनले बुधबार अमेरिकी इस्पात तथा एल्युमिनियम आयातमा लगाइएका नयाँ भन्सार शुल्कको विरोध गर्दै आफ्ना आर्थिक हितहरूको रक्षा गर्न ‘सबै आवश्यक उपायहरू’ अपनाउने प्रतिबद्धता जनाएको छ ।

चीन र अमेरिकाबीचको यो व्यापार युद्ध अझ चर्कँदै गइरहेको अवस्थामा बेइजिङले वार्ता मार्फत समाधान खोज्ने आशा व्यक्त गरेको छ ।

ताजा समाचार

spot_img

थप समाचार