Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
spot_img

आईएसएसबाट अन्तरिक्षमा फसेका नासा अन्तरिक्षयात्रीहरूलाई फर्काउने मिसन स्थगित

spot_img

काठमाडौं, २९ फागुन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा नौ महिनादेखि रहेका नासा अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोरलाई पृथ्वीमा फर्काउने मिसन स्थगित भएको छ । बुधबार अमेरिकाको फ्लोरिडास्थित केप कानेभेरल स्पेस फोर्स स्टेसनबाट फाल्कन-९ रकेट प्रक्षेपण गर्ने तयारी भए पनि ग्राउन्ड हाइड्रोलिक समस्याका कारण अन्तिम समयमा मिशन रोकिएको नासाले जनाएको छ ।

नासा र स्पेसएक्सको संयुक्त मिसन अन्तर्गत सो रकेटले चारजना नयाँ अन्तरिक्षयात्रीलाई आईएसएसमा पठाउने योजना थियो। यी अन्तरिक्षयात्रीहरूमा नासा कमान्डर एनी म्याकक्लेन, पाइलट निकोल एयर्स, जापानी एरोस्पेस एजेन्सी (जाक्सा)का ताकुया ओनिशी, तथा रोसकोसमोसका किरिल पेस्कोभ रहेका छन् ।

सुनिता र बुच २०२४ को जुन महिनामा बोइङको स्टारलाइनर क्याप्सुलमा अन्तरिक्ष गएका थिए। तर, क्याप्सुलमा देखिएको हिलियम लिक लगायतका प्राविधिक समस्याका कारण उनीहरू निर्धारित समयमा पृथ्वी फर्कन सकेनन्। हाल सुनिता आईएसएसको कमान्डरको भूमिकामा कार्यरत छिन् ।

नासाले क्रु-९ मिसनमार्फत सुनिता विलियम्स, बुच विलमोर, नासा अन्तरिक्षयात्री निक हेग, तथा रोसकोसमोसका अलेक्जेन्डर गोर्बुनोभलाई पृथ्वीमा ल्याउने तयारी गरिरहेको छ। स्थगित मिसन बिहीबार पुनः प्रक्षेपण हुने सम्भावना रहेको नासाले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय