काठमाडौँ, @२९ फागुन । नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै ठगी गरेको आरोपमा ४७ वर्षीय राजु कर्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने श्रेष्ठ भक्तपुरको सुर्यविनायक नगरपालिका-४ का निवासी हुन्, र हाल काठमाडौं महानगरपालिका-३ मा बसोबास गर्दै आएका छन्। उनले मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१८ का केदारप्रसाद पौडेल, सम्भु प्रसाद पौडेल, सुजन थापा र मुलपानीका नारायणबहादुर राउतलाई आफू नेपाल प्रहरीका डिएसपी भएको भनी ठगेका थिए ।
त्यसैगरी, उनले फूलमाया कामीलाई कामको लागि विदेश पठाइदिने भन्दै ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको आरोप छ। प्रहरीले उनलाई पक्राउ गरेर ७ दिनको म्याद थप अनुमतिसहित थप अनुसन्धान जारी राखेको जनाएको छ ।