आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

सर्लाहीकाे १९ स्वस्थ्यसंस्थामा अनुगमन, १५ लाई तत्काल बन्द गर्न निर्देशन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, १ चैत्र । मधेश प्रदेश सरकारले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन गरेकाे छ । जसमा १५ वटा अनाधिकृत रुपमा सञ्चालन भइरहेको पाइएको छ ।

- Advertisement -

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोलीले सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल र पोलिक्लिनिकहरूको विहीबार साँझ अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा अवैधानिक तथा अनाधिकृत रूपमा सञ्चालन भइरहेको पाइएका १५ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

अनाधिकृत रुपमा सञ्चालनमा रहेका ती १५ वटैलाई बन्द गर्न सरकारले निर्देशन दिएको छ । सेवा सञ्चालन अनुमति लिएका तर नवीकरण नगरेका तीन निजी स्वास्थ्य संस्थालाई भने दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको छ ।

अनुगमनपछि जयश्री ओम हेल्थ केयर प्रालि, तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको हो ।जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री अनुगमनमा आएको खबर फैलिएपछि मलंगवाका अधिकांश निजी अस्पताल तथा पोलिक्लिनिक सञ्चालक र कर्मचारीहरू फरार भएका थिए ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णका अनुसार म्याक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसिस सेन्टर, क्ल्याण हेल्थ केयर, शीतल डेन्टल केयर प्रालि, चन्द्रकला पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिइएको छ ।

यसैगरी इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्स–रे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धीदाता हेल्थ केयर प्रालि र देवश्री पोलिक्लिनिक प्रालिलाई पनि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएको प्रेस सल्लाहकार कर्णले बताए ।

ताजा समाचार

spot_img

थप समाचार