आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
21.5 C
Birgunj
spot_imgspot_imgspot_img

८२ अंकले घट्यो सेयर बजार

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १ चैत्र । यो साता सेयर बजार २.९ प्रतिशत अर्थात् ८२ अंक घटेको छ । गत साता २८१८ अंकमा रहेको बजार यो साता २७३६ अंकमा झरेको हो ।

- Advertisement -

यो साता बजारमा जम्मा ४ दिन कारोबार भयो, जसमा तीन दिन बजार घट्यो भने अन्तिम एक दिन बढ्यो ।पहिलो दिन आइतबार ४६.३३ अंक घटेको बजार सोमबार २०.६८ र मंगलबार ३२.२१ अंक घट्यो । साताका लागि अन्तिम कारोबार दिन बुधबार १७.२८ अंक बढ्यो । कारोबार रकम केही घटेको छ ।

आइतबार १० अर्ब ९ करोड, सोमबार ८ अर्ब ३७ करोड, मंगलबार ८ अर्ब ३९ करोडको कारोबार भएकोमा बुधबार ८ अर्ब २३ करोडको भयो ।
यो साता सबै सेक्टर घटेका छन् । चार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटेका छन् । फाइनान्स, उत्पादन, लगानी र व्यापार सेक्टर ४ प्रतिशतभन्दा धेरै घटे ।

विकास बैंक सेक्टरको गिरावट दर सबैभन्दा न्यून छ । गत साता यही सेक्टर सबैभन्दा धेरै ३.१४ प्रतिशत बढेको थियो ।

समग्रमा फागुन महिनाको कारोबार सकिएको छ । १ फागुनमा २६७८ अंकमा रहेको बजार अन्तिम दिनसम्म आउँदा २७३६ अंकमा छ । महिनाको बीचमा भने उतारचढाव ठूलै देखियो । १८ फागुनसम्म आउँदा २८९० अंकसम्म पुगेको थियो । जुन अंक ९ भदौ यताकै उच्च हो ।

ताजा समाचार

spot_img

थप समाचार