आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

एकीकृत समाजवादीद्धारा सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठनकाे माग

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १ चैत्र । नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न माग राखेको छ ।दुई महिने आन्दोलनका कार्यक्रम घोषणा गर्दै एकीकृत समाजवादीले सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिनको माग राखेको हो ।

- Advertisement -

‘… हाम्रो प्रस्ताव छ : अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी प्रबन्धका साथ एउटा शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गरियोस्,’ महासचिव घनश्याम भूसालले सार्वजनिक गरेको बक्तव्यमा भनिएको छ ।

देशमा सुशासनको प्रत्याभूति दिलाउन राजनीतिक नेताहरू भ्रष्टाचार मुक्त रहेको विश्वास सिर्जना गर्नुपर्ने एकीकृत समाजवादीको ठहर छ । ‘भ्रष्टाचार सबैतिर छ, तर राजनीतिक पार्टीहरूको संरचना र कार्यप्रणाली नै भ्रष्टाचारलाई निरुत्साहित र दण्डित गर्ने ग्यारेन्टी नगरेसम्म त्यसको प्रभावकारी नियन्त्रण हुन सक्दैन, अर्थात् राजनीतिक नेताहरू भ्रष्टाचारमुक्त छन् भन्ने विश्वास सिर्जना गर्नु अत्यन्तै जरुरी भएको छ,’ बक्तव्यमा लेखिएका छ ।

नेताहरू भ्रष्टाचारमुक्त छन् भन्ने विश्वास सिर्जना छानबिन आयोग मार्फत् सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिनबाट हुने तर्क वक्तव्यमा छ ।

ताजा समाचार

spot_img

थप समाचार