Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

रौतहटमा लागूऔषधसहित भारतीय नम्बरका...

रौतहट,०७ माघ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी टोलीले जिल्लाका विभिन्न...

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

एकीकृत समाजवादीद्धारा सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न आयोग गठनकाे माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १ चैत्र । नेकपा एकीकृत समाजवादीले सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न माग राखेको छ ।दुई महिने आन्दोलनका कार्यक्रम घोषणा गर्दै एकीकृत समाजवादीले सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिनको माग राखेको हो ।

‘… हाम्रो प्रस्ताव छ : अहिलेसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न संवैधानिक तथा कानुनी प्रबन्धका साथ एउटा शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन गरियोस्,’ महासचिव घनश्याम भूसालले सार्वजनिक गरेको बक्तव्यमा भनिएको छ ।

देशमा सुशासनको प्रत्याभूति दिलाउन राजनीतिक नेताहरू भ्रष्टाचार मुक्त रहेको विश्वास सिर्जना गर्नुपर्ने एकीकृत समाजवादीको ठहर छ । ‘भ्रष्टाचार सबैतिर छ, तर राजनीतिक पार्टीहरूको संरचना र कार्यप्रणाली नै भ्रष्टाचारलाई निरुत्साहित र दण्डित गर्ने ग्यारेन्टी नगरेसम्म त्यसको प्रभावकारी नियन्त्रण हुन सक्दैन, अर्थात् राजनीतिक नेताहरू भ्रष्टाचारमुक्त छन् भन्ने विश्वास सिर्जना गर्नु अत्यन्तै जरुरी भएको छ,’ बक्तव्यमा लेखिएका छ ।

नेताहरू भ्रष्टाचारमुक्त छन् भन्ने विश्वास सिर्जना छानबिन आयोग मार्फत् सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिनबाट हुने तर्क वक्तव्यमा छ ।

ताजा समाचार

थप समाचार