आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

औरही गाउँपालिका अध्यक्षसहित दुई...

जनकपुर,१० चैत । सिराहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्नका लागि दलित समुदायको...

रौतहटमा एसईई परीक्षा तीन...

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर...

हरि गौतम वीरगन्ज उद्योग...

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित...

मुख्यमन्त्री सिंहले गरे जनकपुरधामका...

जनकपुर,१० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित होटल अनुगमन गरेका छन्...
spot_imgspot_imgspot_img
16.1 C
Kathmandu
24.9 C
Birgunj
spot_imgspot_imgspot_img

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

गुवाहाटी, १ चैत्र । नेपाली साहित्यका मूर्धन्य साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । १३ मार्च अर्थात् फागुन २९ गते राति १०:१० बजे आफ्नै निवास मरिखाली गुवाहाटी भारतमा उनको निधन भएको पारिवारिक सदस्य रुद्र बरालले जानकारी दिए ।

- Advertisement -

सन् १९३३ को १ मार्चका दिन गुवाहाटी टकौबारीमा जन्मिएका उनी ९२ वर्षका थिए ।

१६ वर्षको उमेरमा प्रकाशित पहिलो कविता ‘शिवस्तुति’ का माध्यमबाट नेपाली साहित्यजगतमा उदाएका उनको पहिलो उपन्यास ‘बसाइँ’ २०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको थियो जुन उपन्यास उनको लेखकीय जीवनकै कोसेढुंगा सावित भयो ।

पछि साझा प्रकाशनबाट प्रकाशन हुन थालेपछि यो कृति सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल भयो । पाठ्यक्रममा समेत रहेको यो उपन्यासको अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद भएको छ भने यस उपन्यासको चलचित्र समेत बनेको छ ।

त्यसपछि पनि उनका ‘अतृप्ति’, ‘ब्रह्मपुत्रका छेउछाउ’, ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यासहरू प्रकाशित भए ।

उपन्यासका अतिरिक्त आख्यानको क्षेत्रमा उनका ‘तीन दशक बीस अभिव्यक्ति’, ‘लीलबहादुरका कथाहरू’ तथा ‘छरिएको बिस्कुन’ कथा कृतिहरू समेत प्रकाशित छन् ।

उनका ‘दोबाटो’, ‘माग’ तथा ‘शुरुको शुरु’ नाट्य कृतिहरू समेत प्रकाशित छन् । ‘असममा नेपाली भाषाको साह्रो–गाह्रो’, ‘पूर्वाञ्चल भारतीय नेपाली कथा–साहित्य र पत्रकारिताको इतिवृत्त’, ‘झ्याउरे पार्टीमा लाग्दा’, ‘पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन’, ‘सिमलको भुवा’, ‘अतीतका ऐनामा विविध झाँकीहरू’ लगायत गैरआख्यान कृतिहरू समेत प्रकाशित छन् ।

उनको हालै सबै उपन्यास एकसाथ ‘समग्र उपन्यास’का रुपमा प्रकाशित भएको थियो ।

उनले आफ्नो जीवनकालमा नेपाल तथा भारतका प्रतिष्ठित पुरस्कार तथा सम्मानहरू प्राप्त गरेका थिए । जसमध्ये मदन स्मारक व्याख्यानमाला सम्मान, वेदनिधि पुरस्कार, अगम स्मृति पुरस्कार, असम नेपाली साहित्य सभा पुरस्कार, नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार, हरिभक्त कटुवाल स्मृति पुरस्कार, जगदम्बाश्री पुरस्कार, बसुन्धराश्री पुरस्कार लगायत रहेका छन् ।

उनले भारतको प्रतिष्ठित पद्मश्री समेत भारतीय राष्ट्रपतिबाट सन् २०२० मा प्राप्त गरेका थिए ।

वि.सं. २०७७ पुस १८ गते उनको लामो अन्तर्वार्ता अनलाइनखबरमा प्रकाशित भएको थियो जसमा उनले आफ्नो लेखकीय जीवन र विचारहरू खुलस्त पारेका थिए ।

ताजा समाचार

spot_img

थप समाचार