आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

नर्सिङ क्याम्पसको मतगणना पुनः...

वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ...

कलैया उपमहानगरपालिकाले एक करोडको...

बारा,०९ चैत । कलैया उपमहानगरपालिकाले अर्थ मन्त्रालयको निर्देशनलाई लत्याउँदै नगर प्रमुखका लागि एक...

बागमती प्रदेशको शानदार प्रदर्शन,...

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका...

महोत्तरीमा पोखरीमा डुबेर बालकको...

महोत्तरी,०९ चैत । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा शनिबार एक दुःखद घटना भएको छ।...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालद्धारा हङकङ ६ विकेटले पराजित

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १ चैत्र । युगान्डामा जारी चार देश सम्मिलित उमन्स डे कप टी- २० श्रृंखलामा फाइनल दौडबाट बाहिरिइसकेको नेपालले आज हङकङलाई पराजित गरेको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले ६ विकेटको जित निकालेको हो ।

- Advertisement -

हङकङले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १०४ रन जोड्न सफल भएको थियो । नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको छ । । नेपालका लागि ओपनर सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ४७ रन बनाइन् । उनले ४३ बल खेल्दा ३ चौका प्रहार गरेकी थिइन् ।

ओपनिङमै आएकी कप्तान इन्दु वर्माले ३२ बलको सामना गर्दै १८ रन बनाएर आउट भइन् । पूजा महतो २६ बलमा २० रन बनाएर अविजित रहिन् । आज पनि नेपालले दुई ब्याटरलाई रनआउटका रुपमा गुमाएको थियो । रोमा थापा ४ रन र विन्दू रावल ४ रनमा रनआउट भएका थिए ।

यसअघि बलिङमा नेपालका लागि राजमती ऐरीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले ४ ओभरमा १७ रन खर्चेर तीन विकेट लिएकी थिइन् । यस्तै कप्तान इन्दुले ४ ओभरमा १२ रन खर्चेर दुई विकेट लिइन् । पूजा र ईश्वरी विष्टले १-१ विकेट बाँडे ।

हङकङकी ओपनर साहजीन साहजादले ५४ रनको अर्धशतकीय पारी खेल्दै टीमलाई सम्मानजनक स्कोरमा पुर्‍‍याएकी थिइन् ।

ताजा समाचार

spot_img

थप समाचार