Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
spot_imgspot_imgspot_img
13.1 C
Kathmandu
16.4 C
Birgunj
spot_img

अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने बीरगन्जका युवक पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १ चैत । गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई सोही महानगरपालिका–३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेल रहेका छन् ।

नेपाल सरकारको अनुमति नलिई गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा बीरगन्ज महानगरपालिका वडा न. १६ र ३० स्थित घरबाट अवैध कल बाईपसमा प्रयोग भएको उपकरणहरू सहित पटेललाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट भिओआइपी गेट वे ३२ पोर्टको दुई थान, १८ पोर्टको एक थान, सिम कार्ड १४ थान, राउटर चार थान, ल्यापट दुई थान, ब्याट्री दुई थान, इन्भर्टर दुई थान, कनेक्टर एक थान, मोबाइल एक थान र पेनड्राइभ एक थान समेत बरामद गरेको छ ।

पटेल उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनकाे थप म्याद अनुमतिलिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

थप समाचार