काठमाडौं,०९ चैत । नेपालले सिङ्गापुर विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा १-० को रोमाञ्चक जित हासिल गरेको छ। सिंगापुरको घरेलु मैदानमा शुक्रबार भएको खेलमा नेपालले पहिलो हाफमा सुरुवाति अग्रता कायम राख्दै यो जित आफ्नो नाम गरेको हो।


नेपालको जितमा निर्णायक गोल जिलेस्पी जंग कार्कीले खेलको १२औं मिनेटमा गरेका थिए। उनकाे गोलले नेपालको पक्षमा महत्वपूर्ण निर्णय ल्यायो र सिङ्गापुरलाई कुनै जवाफ दिने मौका दिनु भएन।
यस जितसँगै म्याट रसले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रूपमा आफ्नो कार्यकालको शानदार शुरुवात गरेका छन्। म्याट रसको नेतृत्वमा नेपालले पहिलो खेलमै जित हात पारेको हो, जसले नेपाली फुटबल टोलीको मनोबललाई उच्च बनाएको छ।

यसअघि कार्कीले अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि गोल गरेका थिए, र सिङ्गापुरविरुद्धको गोलले उनलाई राष्ट्रिय टिममा थप परिचित बनाएको छ।
नेपालको यो ऐतिहासिक जितले फुटबल प्रेमीहरूमा नयाँ उत्साह र आशा जगाएको छ।