Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
15.2 C
Kathmandu
18.5 C
Birgunj
spot_img

ईभीको प्रयोग बढ्दा पनि पेट्रोल र डिजेल खपत घट्न सकेन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०९ चैत । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढ्न थालेको भएता पनि पेट्रोल र डिजेलको खपत भने अझै घट्न सकेको छैन। चालु आर्थिक वर्षको ८ महिने अवधिमा (साउनदेखि फागुनसम्म) पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय वृद्धि देखिएको छ।

सरकारले विद्युतीय सवारीसाधनको प्रोत्साहनका लागि कर छुट दिने नीति अपनाइरहेको भए पनि त्यसको असर पेट्रोल र डिजेलको खपतमा देखिँदैन। तसर्थ, पेट्रोल र डिजेलको आयात अझै बढ्दो छ। यसै बीच, खाना पकाउने एलपी ग्यासको आयात पनि बढिरहेको छ, जुन विद्युतीय चुलोको प्रयोगले कम हुन सकेको छैन।

यस वर्ष फागुनसम्म ८ लाख ७१ हजार ३ सय ९९ किलोलिटर डिजेल आयात भएको छ, जसका लागि ७८ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ। यसबाट राज्यले ३४ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको तुलनामा डिजेल आयातमा केही वृद्धि भए पनि लागत कम भएको देखिन्छ।

त्यस्तै, पेट्रोलको आयात पनि बढ्दै गएको छ। यस वर्ष फागुनसम्म ४ लाख ८९ हजार ८ सय ४२ किलोलिटर पेट्रोल आयात भएको छ, जसमा कुल ४२ अर्ब ८० करोड रुपैयाँ खर्च भएको छ। पेट्रोलबाट सरकारले २७ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको तुलनामा पेट्रोल आयात बढेको छ, र यसको राजस्वमा पनि वृद्धि भएको छ।

खाना पकाउने ग्यासको आयातमा पनि वृद्धि देखिएको छ। यस वर्ष फागुनसम्म ३६ करोड २० लाख किलो ग्यास आयात भएको छ, जसको लागत ४१ अर्ब रुपैयाँ पुगेको छ। यसबाट राज्यले ७ अर्ब ६४ करोड रुपैयाँ राजस्व उठाएको छ।

हवाई इन्धन (एटीएफ) र मट्टीतेलको आयात पनि बढेको छ। यस वर्ष एटीएफको आयात १ लाख ३९ हजार १ सय ५३ किलोलिटर भएको छ, जबकि गत वर्ष १ लाख २७ हजार किलोलिटर मात्र आयात भएको थियो।

यसरी, ईभीको प्रयोग बढ्न सक्दापनि पेट्रोलियम पदार्थको खपतमा कमी आएको छैन र आयातमा अझै वृद्धि भइरहेको छ।

ताजा समाचार

थप समाचार