Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

स्मार्टफोन आयातमा वृद्धि, ८ महिनामै २१ अर्बभन्दा बढीको आयात

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ, ९ चैत्र । नेपालमा स्मार्टफोनको आयात गत वर्षको तुलनामा बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म (पहिलो ८ महिना) मा मात्र २१ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ बराबरको १४ लाख ७ हजार ७८ थान स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ ।

- Advertisement -

गत वर्ष सोही अवधिमा १९ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ बराबरको १२ लाख ४९ हजार ४८१ थान स्मार्टफोन आयात भएको थियो। स्मार्टफोन आयातमा भएको वृद्धिसँगै यस वर्ष राजस्व संकलन पनि उल्लेख्य रूपमा बढेको छ ।

भन्सार विभागका अनुसार गत वर्षको सोही अवधिमा ३ अर्ब ६० करोड ७५ लाख रुपैयाँ बराबर राजस्व संकलन भएकोमा चालु वर्षमा यो रकम ४ अर्ब ८ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।

- Advertisement -

यसै अवधिमा अन्य टेलिफोन सेटहरूको आयात पनि भएको छ। चालु आर्थिक वर्षमा १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरको १६ लाख ९ हजार ९७ थान अन्य टेलिफोन सेट नेपाल भित्रिएको छ। यसबाट २८ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

नेपालमा बढ्दो स्मार्टफोन आयात उपभोक्ताहरूको प्रविधिप्रतिको आकर्षण र डिजिटल पहुँच विस्तारको संकेत भए पनि यसले आयातमा निर्भर अर्थतन्त्र र व्यापार घाटीलाई असर गर्न सक्ने विज्ञहरूको भनाइ छ ।

ताजा समाचार

spot_img

थप समाचार