Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

सिरहामा महायज्ञको नाममा घर भत्काइएपछि मलिक परिवार विस्थापित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, ९ चैत्र । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्ने भन्दै दीपक मलिकको घर डोजर लगाएर भत्काइएपछि उनीहरूको परिवार असुरक्षित महसुस गर्दै विस्थापित भएको छ ।

- Advertisement -

घर भत्काइएको घटना सार्वजनिक भएपछि प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पक्राउ गरेको थियो। त्यसपछि उनका छोरा रुकेश यादव ५-७ जनाको समूह लिएर मलिक परिवारलाई प्रहरीसमक्ष बयान दिन दबाब दिन पुगेको बताइएको छ ।

असुरक्षा बढेपछि दीपक मलिककी श्रीमती अनिता मलिक सिरहा नगरपालिका-१९ सन्हैठामा आफन्तको घरमा बस्न गएकी छन्, भने दीपक मलिक आफैं गाउँकै एक स्थानीयको घरमा आश्रय लिएका छन्। उनका छोराछोरीहरूलाई भने सुरक्षाको लागि प्रहरी चौकीमा राखिएको छ ।

- Advertisement -

सुरक्षा संवेदनशीलताका कारण सिरहा प्रहरीले मलिक परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले जनाएका छ न्।

घर भत्काउन नेतृत्व गरेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाअध्यक्ष दिलिप यादव पक्राउ परेपछि औरही गाउँपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मलिक परिवारको घर सुरक्षाका लागि करिब दुई दर्जन प्रहरी परिचालन गरिएको छ ।

गत फागुन १० गते गाउँपालिका अध्यक्षकै नेतृत्वमा महायज्ञ आयोजना गर्ने स्थान खाली गराउने नाममा दीपक मलिकको घर डोजर लगाएर भत्काइएको थियो, जसले अहिले सुरक्षा र सामाजिक तनाव निम्त्याएको छ ।

ताजा समाचार

spot_img

थप समाचार