Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

सिरहामा महायज्ञको नाममा घर भत्काइएपछि मलिक परिवार विस्थापित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, ९ चैत्र । सिरहाको औरही गाउँपालिका-५ मा महायज्ञ आयोजना गर्ने भन्दै दीपक मलिकको घर डोजर लगाएर भत्काइएपछि उनीहरूको परिवार असुरक्षित महसुस गर्दै विस्थापित भएको छ ।

घर भत्काइएको घटना सार्वजनिक भएपछि प्रहरीले गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पक्राउ गरेको थियो। त्यसपछि उनका छोरा रुकेश यादव ५-७ जनाको समूह लिएर मलिक परिवारलाई प्रहरीसमक्ष बयान दिन दबाब दिन पुगेको बताइएको छ ।

असुरक्षा बढेपछि दीपक मलिककी श्रीमती अनिता मलिक सिरहा नगरपालिका-१९ सन्हैठामा आफन्तको घरमा बस्न गएकी छन्, भने दीपक मलिक आफैं गाउँकै एक स्थानीयको घरमा आश्रय लिएका छन्। उनका छोराछोरीहरूलाई भने सुरक्षाको लागि प्रहरी चौकीमा राखिएको छ ।

सुरक्षा संवेदनशीलताका कारण सिरहा प्रहरीले मलिक परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले जनाएका छ न्।

घर भत्काउन नेतृत्व गरेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाअध्यक्ष दिलिप यादव पक्राउ परेपछि औरही गाउँपालिकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। मलिक परिवारको घर सुरक्षाका लागि करिब दुई दर्जन प्रहरी परिचालन गरिएको छ ।

गत फागुन १० गते गाउँपालिका अध्यक्षकै नेतृत्वमा महायज्ञ आयोजना गर्ने स्थान खाली गराउने नाममा दीपक मलिकको घर डोजर लगाएर भत्काइएको थियो, जसले अहिले सुरक्षा र सामाजिक तनाव निम्त्याएको छ ।

ताजा समाचार

थप समाचार