Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

दिल्ली उच्च अदालतको न्यायधिसको घरबाट १५ करोड बरामद

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,०९ चैत । दिल्ली उच्च न्यायालयका न्यायाधीश यशवंत वर्माको घरबाट १५ करोड रुपैयाँ नगद बरामद भएको घटनाले हलचल मचाएको छ। रिपोर्टअनुसार, यो घटनापछि सर्वोच्च अदालतको कलेजियमले उनलाई इलाहाबाद उच्च अदालतमा सरुवा गर्ने निर्णय गरेको छ। कलेजियमले न्यायाधीश वर्मामाथि प्रारम्भिक छानबिन पनि सुरु गरेको छ, जसको प्रतिवेदन पछि दिल्ली उच्च अदालतले कलेजियमलाई पेश गर्नेछ।

- Advertisement -

यो घटनामा चासोको कुरा भनेको होलीको बिदामा न्यायाधीश वर्माको सरकारी बंगलामा आगलागी भएको थियो। जब दमकलको टोली घटनास्थलमा पुगेको थियो, त्यतिबेला १५ करोड रुपैयाँ नगद फेला परेको थियो। सीजेआइ सञ्जीव खन्नाले यस घटनाबारे जानकारी पाएपछि, कलेजियमले आकस्मिक बैठक बोलाएर न्यायाधीश वर्माको सरुवा गर्ने निर्णय गरेको हो। यद्यपि, यो निर्णय सर्वोच्च अदालतको वेबसाइटमा अहिलेसम्म अपलोड गरिएको छैन।

हाईकोर्ट बार एसोसिएसनले कलेजियमको यो निर्णयको विरोध गर्दै भनेको छ, “के हामी डस्टबिन हौं?” उनका अनुसार, यो निर्णय न्यायाधीश वर्मालाई अनावश्यक दबाबमा राख्ने खालको हो। आन्तरिक छानबिनको प्रक्रिया जारी रहेको बताइएको छ, र त्यसपछि कलेजियमले यसबारेको प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छ।

ताजा समाचार

spot_img

थप समाचार