बीरगन्ज,०९ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बीरगन्जको मुख्य सडकलाई २५-२५ मिटर फराकिलो पार्न कुनै आवश्यक नभएको स्पष्ट पारेका छन्। उनले वर्तमान अवस्थामै सडक प्रयाप्त रहेको र अनावश्यक रूपमा चौडा बनाउनु पर्ने माग उचित नभएको बताए।


मन्त्री गुप्ताले सडक विस्तारको सट्टा अन्य पूर्वाधार सुधारका परियोजनाहरूमा ध्यान केन्द्रित गर्नु आवश्यक रहेको उल्लेख गरे। ‘सडक विस्तारभन्दा ट्राफिक व्यवस्थापन, पार्किङ प्रणाली सुधार, तथा सार्वजनिक यातायातको सुदृढीकरणलाई प्राथमिकता दिनु जरुरी छ,’ उनले भने।
बीरगन्जका स्थानीय व्यवसायी तथा बासिन्दाहरूले सडक फराकिलो बनाउने योजनाप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले यसले अव्यवस्थित संरचना हटाउन मद्दत गर्ने बताएका छन् भने केहीले अनावश्यक खर्च हुने भन्दै असहमति जनाएका छन्।

सरकारले आगामी दिनमा सडक विस्तारको सट्टा अन्य यातायात सुधार योजनाहरूलाई प्राथमिकता दिने बताएको छ।