Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

पोखरीया–३ मा कांग्रेस उम्मेदवार...

पोखरीया,२४ माघ । पर्साको पोखरीया नगरपालिका–३ अन्तर्गत फुल्वरीया र बसन्तपुर टोलमा नेपाली कांग्रेसका...

वीरगन्ज–८ मा सयौँ नेता–कार्यकर्ता...

वीरगन्ज,माघ २४ । वीरगन्ज महानगरपालिका–८ मा विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा (एमाले)...

प्रधानमन्त्री कार्कीले अभिनेता थापाको...

काठमाडौं,२४ माघ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको...

आइतबार जुममार्फत कांग्रेस केन्द्रीय...

काठमाडौं,२४ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। कांग्रेस...
spot_img

बीरगन्जको मुख्य सडक फराकिलो पार्न आवश्यक छैन: मन्त्री गुप्ता

spot_img

बीरगन्ज,०९ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बीरगन्जको मुख्य सडकलाई २५-२५ मिटर फराकिलो पार्न कुनै आवश्यक नभएको स्पष्ट पारेका छन्। उनले वर्तमान अवस्थामै सडक प्रयाप्त रहेको र अनावश्यक रूपमा चौडा बनाउनु पर्ने माग उचित नभएको बताए।

मन्त्री गुप्ताले सडक विस्तारको सट्टा अन्य पूर्वाधार सुधारका परियोजनाहरूमा ध्यान केन्द्रित गर्नु आवश्यक रहेको उल्लेख गरे। ‘सडक विस्तारभन्दा ट्राफिक व्यवस्थापन, पार्किङ प्रणाली सुधार, तथा सार्वजनिक यातायातको सुदृढीकरणलाई प्राथमिकता दिनु जरुरी छ,’ उनले भने।

बीरगन्जका स्थानीय व्यवसायी तथा बासिन्दाहरूले सडक फराकिलो बनाउने योजनाप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। केहीले यसले अव्यवस्थित संरचना हटाउन मद्दत गर्ने बताएका छन् भने केहीले अनावश्यक खर्च हुने भन्दै असहमति जनाएका छन्।

सरकारले आगामी दिनमा सडक विस्तारको सट्टा अन्य यातायात सुधार योजनाहरूलाई प्राथमिकता दिने बताएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय