Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

बागमती प्रदेशको शानदार प्रदर्शन, कोशीलाई १३१ रनले हरायो

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

दाङ,०९ चैत । १७ ओभरको खेल चलिरहँदा ८३ रनमा ४ विकेट गुमाएर खेलिरहेका बेला कोशी प्रदेशले थप दुई रन जोड्दा लगातार पाँच विकेट गुमाएपछि बागमती प्रदेशले १३१ रनको जित हासिल गरेको छ ।

- Advertisement -

लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा शनिबार बागमती प्रदेशले दिएको २४१ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेश २५ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनमा अलआउट भयो । सूर्य तामाङले कोशीका पाँच खेलाडीलाई पेभेलियन फर्काएपछि बागमतीले १३१ रनको सहज जित निकालेको हो ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा बागमतीका सूर्य तामाङ र साकार गजुरेलले कोशीका सोनु अन्सारी, सुभम गहतराज, दीपेश कँडेललाई शून्य पेभेलियन फर्काउँदा क्रिजमा सेट भइसकेका सुजन थपलिया पनि सूर्य तामाङको बलमा बोल्ड भए । ज्ञानेन्द्र श्रेष्ठ १ रनमा आउट भए ।

- Advertisement -

कोशीका लागि आशिष भट्टराईले ४९ बल खेल्दै ४ चौकासहित ३७ रन जोडे । ओपनर चिराग साह शून्य रनमा आउट हुँदा अर्का सकिब हक ४ रन बनाएर रिजन ढकालको बलमा एलबीडब्लू आउट भए । कप्तान अंकित सुवेदी ४ रन बनाएर रिजन ढकालको बलमा एलबीडब्लू भए ।

८५ रन जोड्दा ९ विकेट गुमाएको कोशीका लागि फिर्दाश अन्सारीले अन्तिम विकेटका रूपमा २५ बलमा ३ छक्कासहित २४ रन जोडे ।

बागमतीलाई सहज जित दिलाउन महत्त्वपूर्ण ५ विकेटसहित १७ रन जोडेका सूर्य तामाङ प्लेयर अफ द म्याच भए । यसअघि, बागमती प्रदेशले टस जितेर पहिले ब्याटिङ २४० रन बनाएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो । बागमतीका लागि शुभ कंशाकारले सर्वाधिक ३९ रन बनाए । उनले २८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाए ।

आशुतोष घिरैयाले २९ रन जोड्दा ईशान पाण्डे र विपिन आचार्यले समान २५-२५ रन जोडे । यसै गरी, कप्तान पृथु बास्कोटाले २४ रन जोड्दा रिजन ढकालले २२ रन, सोनु देवकोटाले १८ रन, सूर्य तामाङले १७ रन र गौतम केसीले १६ रन बनाए ।

कोशीका तर्फबाट प्रकाश कार्की र सुजन थपलियाले समान २-२ विकेट लिए । फरिद अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ र दीपेश कँडेलले समान १-१ विकेट लिए ।

बागमती प्रदेश सात खेलबाट ३ खेलमा जित निकाल्दै ६ अंकका साथ अंक तालिकाको छैटौँ नम्बरमा उक्लिएको छ । ७ खेलमा एउटा मात्र जित निकालेको कोशी प्रदेश अंक तालिकाको पुछारमा झरेको छ ।

दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको आठौँ स्थानमा बागमती प्रदेश र नवौँमा कोशी प्रदेश रहेको छ ।

अहिलेसम्म ६ खेल खेलिसकेको बागमती २ मा जित र ४ मा हार व्यहोर्दै ४ अंकका साथ आठौं स्थानमा रहँदा समान ६ खेल खेलिसकेको कोशी प्रदेश १ खेलमा जित र ५ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवौँ स्थानमा छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीय टिम आर्मी क्लब, एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलिरहेका छन् । राउन्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।

तीन खेल मैदानमा भइरहेको प्रतियोगिता अन्तरगत रुपन्देहीको सिद्धार्थ रंगशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १४ वटा गरी ४६ वटा खेल भइरहेका छन् ।

यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत १० गते सुदूरपश्चिम र कोशी प्रदेश, चैत ११ गते बागमती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।

ताजा समाचार

spot_img

थप समाचार