Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

वीरगंज सुख्खा बन्दरगाहको दोहन: प्रिस्टाइनको लापरवाहीले संरचना जिर्ण बन्दै

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगंज, १० चैत – वीरगंजको सिर्सियास्थित सुख्खा भन्सार कार्यालयमा इन्टरमोडल यातायात विकास समिति, भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक्स, तथा बन्दरगाहकै कर्मचारीहरूको मिलोमतोमा यार्डमा खाली कन्टेनरहरू थुपारिएको स्रोतको दाबी छ। तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय बन्दरगाहसँग रेल सञ्जालमार्फत जोडिएको वीरगंज बन्दरगाहको सञ्चालन, आइसिडी (इनल्यान्ड कन्टेनर डिपो) व्यवस्थापन, तथा मालवाहक रेल सञ्चालनको जिम्मा प्रिस्टाइनले लिएको छ। तर, ठेक्का सम्झौता गरेको दिनदेखि नै प्रिस्टाइनले कमसल काम गर्दै आएको छ भने बन्दरगाहका भौतिक संरचनाहरूलाई बिगार्ने कार्य भइरहेको देखिन्छ।

- Advertisement -

कम्पनीले इन्टरमोडल यातायात विकास समिति वीरगंजका प्रमुखसहितका कर्मचारीहरू तथा बन्दरगाहका उच्च अधिकारीहरूलाई आर्थिक प्रभावमा पारेर सिंगो बन्दरगाहलाई कन्टेनरको ‘ल्याण्डफिल साइट’ मा परिणत गरिरहेको छ। वर्षौँदेखि यार्डमा रहेका खाली कन्टेनर हटाउने वा व्यवस्थापन गर्ने काममा न त यातायात विकास समितिले चासो देखाएको छ, न त प्रिस्टाइन लजिस्टिक्सले नै।

खाली कन्टेनर र यार्डमा छाडिएका सामग्रीको व्यवस्थापनमा समेत बन्दरगाह कार्यालय उदासीन देखिन्छ। प्रिस्टाइनले नेपाल सरकारको नीति तथा बन्दरगाहकै कर्मचारीहरूकै कारण आफूलाई कठिनाइ भइरहेको दाबी गरे पनि वीरगंज सिर्सिया सुख्खा बन्दरगाहका प्रमुख धनबहादुर बरुवालले यार्डमा खाली कन्टेनर थुप्रिनुको कारण प्रिस्टाइनले खाली कार्गो नल्याउनु भएको बताए। यस विषयमा इन्टरमोडल यातायात विकास समिति तथा प्रिस्टाइनसँग पटक–पटक छलफल भए पनि कुनै ठोस समाधान निस्कन सकेको छैन।

- Advertisement -

वीरगंज एजेन्ट संघका अध्यक्ष राजमान तामाङका अनुसार यार्डमा थुप्रिएका खाली कन्टेनरका कारण आयातित सामानको जाँचपास, लोडिङ–अनलोडिङमा समस्या भइरहेको छ। बन्दरगाहको मर्मत–सम्भार र सरसफाइमा समेत कम्पनीले ध्यान नदिएको गुनासो छ। अव्यवस्थित कोइला तथा धुलोयुक्त सामग्रीका कारण बन्दरगाहभरि प्रदूषण फैलिएको छ, जसले मजदुर र कर्मचारीहरूको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ।

बन्दरगाहमा कन्टेनर राख्ने ठाउँ नै अभाव भइरहेका बेला पछिल्लो समय ४० फिटे कन्टेनरको प्रयोग ह्वात्तै बढेको छ। यसका पछाडि आर्थिक चलखेल हुन सक्ने आशंका व्यवसायीहरूले व्यक्त गरेका छन्।

सुख्खा बन्दरगाह कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले आफू भर्खरै सरुवा भएर आएको र यथार्थ विवरणबारे अझै स्पष्ट नभएको बताए। उनले यदि कसैको लापरवाहीका कारण कानुनविपरीत कार्य भइरहेको छ भने दोषी जो कोही भए पनि कारबाहीको भागी हुने बताए। तर, यार्ड खाली कन्टेनरले भरिएको भन्ने प्रश्नमा उनले स्पष्ट तथ्याङ्क दिन अस्वीकार गरे।

स्रोतका अनुसार प्रिस्टाइनले बढी मूल्यमा ठेक्का लिएपछि घाटाबाट जोगिन बन्दरगाहमा विभिन्न अनियमित कार्य गरिरहेको छ। बन्दरगाह कार्यालय, इन्टरमोडल यातायात विकास समिति, तथा प्रिस्टाइनको लापरवाहीका कारण बन्दरगाहको सम्पूर्ण संरचना केही वर्षमै जिर्ण बन्ने खतरा देखिएको छ। यसले आयात–निर्यात प्रणालीमै प्रभाव पार्न सक्ने विज्ञहरूको चेतावनी छ।

ताजा समाचार

spot_img

थप समाचार