वीरगन्ज, ०९ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्थगित मतगणना आज पूरा भएको छ । चैत ५ गते सम्पन्न मतदानको मतगणना शुरु भएपनि, नेविसंघ र अखिल क्रान्तिकारीले धाँधलीको आरोप लगाउँदै विरोध जनाएपछि मतगणना रोकीएको थियो ।


विरोधका कारण, मतगणनामा बदर मतलाई अनेरास्ववियुको पक्षमा गणना गरिएको आरोप उठाइएको थियो। यसपछि, सबै राजनीतिक दलका नेताहरू, निर्वाचन समिति, क्याम्पस प्रशासन र सुरक्षा निकायसँगको छलफलपछि पुनःमतगणना गर्ने सहमति भएको थियो। आज दिउँसो एक बजेबाट पुनःमतगणना सुरु गरिएको थियो ।
स्रोतका अनुसार, अब मतगणना सम्पन्न भइसकेको छ र निर्वाचन समितिले केही समयमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।