जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी मधेसका सप्तरी, सिरहा र महोत्तरी जिल्लामा अधिक वर्षा भएको छ। त्यस्तै, गोरखा, तनहुँ, प्युठानलगायतका स्थानहरूमा पनि हिजो बेलुकी वर्षा भएको थियो।


काठमाडौँसहित केही अन्य स्थानहरूमा राति हावाहुरीसमेत चलेको थियो। अहिले मधेस र पूर्वी तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले जानकारी दिनु अनुसार, आजदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुनेछ।