Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025
Date
शनि, मंसिर २०, २०८२
Sat, December 6, 2025

सातदलीय समर्थनमा कृष्ण यादव...

बीरगन्ज,१९ मंसिर । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव प्रदेश...

७७ सांसदको समर्थनसहित कृष्ण...

काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र...

एमाले अध्यक्ष ओली देउवालाई...

काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर...

भेदभावमुक्त समाज निर्माणका लागि...

काठमाडौं,१९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
13.6 C
Birgunj
spot_img

एसइई परीक्षामा मर्यादाविपरीत कार्य गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइए

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १० चैत। पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दौरान मर्यादाविपरीत कार्य गर्ने चार निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा शनिबार साँझ बसेको एसइई परीक्षा समन्वय समितिको बैठकले उनीहरूलाई हटाउने निर्णय गरेको हो।

प्रजिअ अर्यालले जानकारी दिएका अनुसार, वीरगन्जको माइस्थान विद्यापीठ माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मुनिलाल कर्णलाई परीक्षाको मर्यादा र अनुशासन पालना गर्नका लागि पर्याप्त सावधानी अपनाएको नदेखिएको भन्दै सचेत गराउने निर्णय गरिएको छ। त्यस्तै, सोही केन्द्रका सहायक केन्द्राध्यक्ष जयप्रकाश सर्राफको गतिविधि शंकास्पद रहेको पाइएपछि उनलाई परीक्षा केन्द्रमा प्रवेश नगराउने निर्णय गरिएको छ।

बैठकले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मसिहानी र निचुटा परीक्षा केन्द्रमा अभिभावक सङ्घ लगायत अनधिकृत व्यक्तिको प्रवेश देखिएकाले उक्त केन्द्रका केन्द्राध्यक्षलाई लिखित रूपमा चेतावनी दिने निर्णय पनि गरेको छ।

यसैगरी, मसिहानी केन्द्रमा निरीक्षकका रूपमा खटिएका शिक्षक लालबाबु यादवको मर्यादाविपरीत कार्यको आधारमा उनलाई निरीक्षकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ।

सिद्धार्थ माध्यमिक विद्यालय चिनी कारखाना वीरगन्ज परीक्षा केन्द्रमा समेत केही अध्यापकहरूलाई निरीक्षकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको छ।

आखिरमा, प्रजिअ अर्यालले सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यालय वीरगन्ज परीक्षा केन्द्रमा प्रश्नपत्रको वितरणमा अनियमितता भएको र आगामी परीक्षामा यस्तो कार्य नदिने निर्देशन दिएका छन्। साथै, प्रश्नपत्र वितरणको व्यवस्थापनमा स्थानीय तहका शिक्षा शाखाका पदाधिकारीलाई परिचालन गर्ने निर्णय गरिएको छ।

ताजा समाचार

थप समाचार