काठमाडौं,१० चैत । संघीय संसदको राष्ट्रिय सभाको बैठक आज दिउँसो १२ बजे संसद भवन, नयाँबानेश्वरमा बस्दैछ। बैठकमा प्रमुख प्रस्ताव र विधेयकहरूको छलफल हुनेछ।


बैठकको प्रमुख कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको ‘सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरिनेछ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले प्रस्तुत गर्ने ‘सहकारी सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने विधेयक, २०८१’ माथि पनि छलफल हुनेछ।

यसका अतिरिक्त, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने विभिन्न विधेयकहरूको पनि चर्चा हुनेछ। ती विधेयकहरूमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० विधेयक– २०८१’, ‘निजीकरण ९पहिलो संशोधन० विधेयक– २०८१’, र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनमा संशोधन गर्ने विधेयक– २०८१’ समावेश छन्।
बैठकमा यी सबै प्रस्ताव र विधेयकहरूको माथि गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।