Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026
Date
बिहि, फाल्गुन ७, २०८२
Thu, February 19, 2026

सर्लाहीमा तीन मोटरसाइकल आपसमा...

सर्लाही,०७ फागुन । सर्लाहीको बाँके–सङ्ग्रामपुर सडकखण्ड अन्तर्गत खीला गाउँ नजिक बुधबार राति भएको...

एमालेले आज घोषणापत्र सार्वजनिक...

काठमाडौं,०७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आज...

‘टिम नेपाल’मार्फत पाँच वर्षमै...

जनकपुर,०७ फागुन । गगन थापा ले ‘टिम नेपाल’को अवधारणा अघि सार्दै पाँच वर्षभित्र...

लोकतान्त्रिक–प्रगतिशील शक्तिलाई विजयी गराउन...

काठमाडौं,०७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता झलनाथ खनाल ले...
spot_img

बीरगन्ज सुक्खा बन्दरगाहबाट ३२ अर्ब ३२ करोड राजस्व संकलन

spot_img

बीरगन्ज,१० चैत । बीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व संकलन भएको छ ।

कार्यालयले गत साउनमा रु ३ अर्ब ७५ करोड, भदौमा रु ४अर्ब ६४ करोड राजस्व संकलन गरेको थियो । असोजमा रु ४ अर्ब ३६ करोड, कात्तिकमा रु ३ अर्ब ७९ करोड राजस्व संकलन गरेको थियो ।

यसैगरी, गत मंसिरमा रु ३ अर्ब २२ करोड, पुसमा रु ३अर्ब ५६ करोड, माघमा रु ४अर्ब २९ करोड र फागुनमा रु ४ अर्ब ६८ करोड राजस्व संकलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै संकलन भएको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय