Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025
Date
बिहि, बैशाख ११, २०८२
Thu, April 24, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

हरि गौतम वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा निर्विरोध निर्वाचित

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, १० चैत । वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित भएका छन्। आइतबार सम्पन्न संघको पदाधिकारी निर्वाचनमा गौतम निर्विरोध निर्वाचित भएका हुन्।

- Advertisement -

संघको अन्य पदाधिकारीमा पनि नयाँ नेतृत्व चयन भएको छ। बरिष्ठ उपाध्यक्षमा माधव राजपाल, द्वितीय उपाध्यक्षमा मनोज दास, महासचिवमा शिवजी प्रसाद कलवार, कोषाध्यक्षमा अनोज रुंगटा तथा सचिवमा प्रेमचन्द्र गोयल र सुशान्त चाचान विजयी भएका छन्। सह–कोषाध्यक्षमा निरज अग्रवाल तथा सहसचिवमा नरेश टिवडेवाल र अनुप अग्रवाल निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष गौतमले आफूलाई नेतृत्वको जिम्मेवारी दिएकोमा सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिलाई धन्यवाद दिँदै आगामी दिनमा सहकार्य गर्दै संघलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।

- Advertisement -

संघको विधानअनुसार १२ जना पदाधिकारी रहने प्रावधान छ, जसअनुसार निवर्तमान अध्यक्ष स्वतः पदाधिकारी रहने व्यवस्था रहेको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए। साथै, तृतीय उपाध्यक्ष (रोजगारदाता समितिको संयोजक) पदको मनोनयन संघको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्ने बताइएको छ।

ताजा समाचार

spot_img

थप समाचार