Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
6.1 C
Kathmandu
12.1 C
Birgunj
spot_img

रौतहटमा एसईई परीक्षा तीन दिनमै १,२३३ मोबाइल बरामद

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर परीक्षा हलभित्र प्रवेश गर्ने क्रम बढेको देखिएको छ। परीक्षा सञ्चालन भएको तीन दिनको अवधिमा मात्रै १,२३३ वटा मोबाइल बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतबार मात्रै विभिन्न परीक्षा केन्द्रहरूबाट ४६९ वटा मोबाइल जफत गरिएको छ। परीक्षार्थीहरू ‘चिटिङ’ गर्ने उद्देश्यले मोबाइल लुकाएर परीक्षा हलभित्र प्रवेश गरेका थिए, जसलाई चेकजाँचको क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ।

यस घटनासँगै परीक्षा हलमा खटिएका सुरक्षागार्डहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ। जिल्ला प्रहरी कार्यालयले परीक्षा केन्द्रमा लापरवाही देखाएका दुई सुरक्षागार्डलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार उनीहरू अमर्यादित गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ परेका हुन्।

हालसम्म कुन परीक्षा केन्द्रबाट गार्ड पक्राउ परेका हुन् भन्ने खुलाइएको छैन। परीक्षा सुरक्षाका लागि थप निगरानी बढाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

थप समाचार