Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

रौतहटमा एसईई परीक्षा तीन दिनमै १,२३३ मोबाइल बरामद

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

राैतहट,१० चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को दौरान परीक्षार्थीहरू मोबाइल लुकाएर परीक्षा हलभित्र प्रवेश गर्ने क्रम बढेको देखिएको छ। परीक्षा सञ्चालन भएको तीन दिनको अवधिमा मात्रै १,२३३ वटा मोबाइल बरामद गरिएको छ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आइतबार मात्रै विभिन्न परीक्षा केन्द्रहरूबाट ४६९ वटा मोबाइल जफत गरिएको छ। परीक्षार्थीहरू ‘चिटिङ’ गर्ने उद्देश्यले मोबाइल लुकाएर परीक्षा हलभित्र प्रवेश गरेका थिए, जसलाई चेकजाँचको क्रममा बरामद गरिएको प्रहरीले जनाएको छ।

यस घटनासँगै परीक्षा हलमा खटिएका सुरक्षागार्डहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ। जिल्ला प्रहरी कार्यालयले परीक्षा केन्द्रमा लापरवाही देखाएका दुई सुरक्षागार्डलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायका अनुसार उनीहरू अमर्यादित गतिविधिमा संलग्न भएको आशंकामा पक्राउ परेका हुन्।

- Advertisement -

हालसम्म कुन परीक्षा केन्द्रबाट गार्ड पक्राउ परेका हुन् भन्ने खुलाइएको छैन। परीक्षा सुरक्षाका लागि थप निगरानी बढाइएको प्रहरीले जनाएको छ।

ताजा समाचार

spot_img

थप समाचार