Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

नेपालमा बाघको सङ्ख्या उत्साहजनक रूपमा बढ्यो

spot_img

चितवन,११ चैत । नेपालमा बाघको सङ्ख्या उत्साहजनक रूपमा बढ्दै गएको छ। यस वृद्धिसँगै बाघको बासस्थान क्षेत्र विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ। चितवन राष्ट्रिय निकुञ्जमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघको बढ्दो सङ्ख्यालाई व्यवस्थापन गर्न बासस्थान बढाउनु अपरिहार्य रहेको बताए।

आचार्यले विगत पाँच वर्षमा बाघको सङ्ख्यामा भएको उल्लेखनीय वृद्धिले बासस्थानको चाप बढाएको जानकारी दिए। सन् २००९ मा १२१ रहेको बाघको सङ्ख्या सन् २०२२ सम्म आइपुग्दा ३५५ पुगेको तथ्याङ्कले नेपालमा बाघ संरक्षणको क्षेत्रमा हासिल भएको सफलतालाई स्पष्ट पार्छ। सन् २०१३ मा १९८ र सन् २०१८ मा २५३ पुगेको बाघको सङ्ख्याले निरन्तर सकारात्मक वृद्धि देखाएको छ।

कार्यक्रममा आचार्यले बाघ संरक्षणका लागि नयाँ अवधारणा प्रस्तुत गर्दै हिंस्रक बाघलाई खुला चिडियाघरको रूपमा विकास गरी संरक्षण गर्न सकिने बताए। यसले बाघको सुरक्षा सुनिश्चित गर्नुका साथै आयआर्जनको समेत स्रोत बन्न सक्ने उनको भनाइ थियो।

यद्यपि, बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्रमा ९३ प्रतिशतले कमी आएको तथ्याङ्कले चुनौती पनि थपेको छ। एक शताब्दी अघि विश्वभर करिब एक लाखको हाराहारीमा रहेको बाघको सङ्ख्या अहिले पाँच हजारमा झरेको अवस्थामा नेपालमा भएको यो वृद्धिले विश्वव्यापी संरक्षण प्रयासमा सकारात्मक सन्देश दिएको छ।

आचार्यका अनुसार नेपालको वन क्षेत्रमा करिब पाँच सय बाघ अट्न सक्ने क्षमता छ, जसमध्ये निकुञ्जको कोर क्षेत्रमा मात्रै ४०४ बाघ राख्न सकिने अध्ययनले देखाएको छ। बाघको मुख्य आहार मृग प्रजाति भएकाले यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ। कार्यक्रममा मृगसँगै बाँदर र घरपालुवा जनावर पनि बाघको आहारा बन्ने गरेको जानकारी गराइएको थियो।

नेपालमा बाघको सङ्ख्यामा भएको यो वृद्धि संरक्षणकर्मी र सरकार दुवैका लागि खुसीको खबर हो। अब यसलाई दिगो बनाउन र बाघलाई पर्याप्त बासस्थान उपलब्ध गराउन थप योजना र लगानी आवश्यक देखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय