Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको प्रदर्शनको घोषणा

spot_img

काठमाडौँ, १३ चैत्र । नवराज सुवेदीको नेतृत्वमा रहेको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आगामी १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेको छ। समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार प्रदर्शन गर्ने जानकारी दिएको हो ।

समितिको प्रदर्शनसँगै समाजवादी मोर्चामा आवद्ध दलहरू पनि सोही दिन प्रदर्शन गर्ने तयारीमा छन्। नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले पनि १५ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

स्थानीय प्रशासनसँग अनुमति लिएर प्रदर्शन गर्ने प्रावधानअनुसार, गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भनेको छ भने, राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्ने जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार तीनकुने र भृकुटीमण्डपमा प्रदर्शनको जानकारी प्राप्त भएको छ, तर अन्यत्र प्रदर्शनको बारेमा आफूलाई जानकारी नभएको उनले बताए।

सोही दिन, दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि काठमाडौँमा हातहतियारसहित प्रदर्शन गर्ने सूचना प्राप्त भएको र सुरक्षाकर्मीलाई तयारी अवस्थामा राख्न प्रशासनले निर्देशन दिएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय