Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025
Date
आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

एमाले अजम्बरी रहेको ...

काठमाडौं,२६ मंसिर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अझै रहेको र...

एमालेमा फर्किएका विश्वमणिसहित महाधिवेशन...

काठमाडौं,२७ मंसिर – नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन सुरु हुँदै गर्दा पार्टीले...

देउवा, प्रचण्ड, माधव र...

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा...

रौतहट–१ मा रञ्जित पटेलको...

रौतहट, २६ मंसिर – रौतहट निर्वाचन क्षेत्र नं. १ यमुनामाई गाउँपालिका–१ जेठरहिया निवासी...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
16.1 C
Birgunj
spot_img

टेलिकमको एसईई अफर : २० रुपैयाँमा सिमकार्ड र बोनस

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १४ चैत्र । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षा दिएका परीक्षार्थीहरूका लागि विशेष अफर घोषणा गरेको छ। यस अफर अन्तर्गत, कम्पनीले परीक्षार्थीलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ ।

एसईई अफर र बोनस अन रिचार्ज चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुनेछ । नेपाल टेलिकमका देशभरका कार्यालयहरूमा उपलब्ध यस सिमकार्डसँग ३० दिनसम्मका लागि विभिन्न अफरहरू प्राप्त गर्न सकिनेछ ।

नयाँ सिम प्राप्त गर्ने परीक्षार्थीहरूले ९.८० रुपैयाँको मेन ब्यालेन्ससँग जुनसुकै नेटवर्कमा कल, एसएमएस वा डाटा चलाउन सक्नेछन्। थप रूपमा, ३० दिनसम्म नेपाल टेलिकमको नेटवर्कमा २० मिनेट अन-नेट भ्वाइस सेवा, १० वटा अन-नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुने छ ।

सिम प्राप्त गर्न परीक्षार्थीहरूले एसईई प्रवेश पत्र, कक्षा १० को मार्कसिटको फोटोकपी, फोटो र नागरिकता प्रमाणपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्ने छ ।

ताजा समाचार

थप समाचार