spot_img

दुई महिनाअघि अफगानिस्तानमा पक्राउ परेकी अमेरिकी महिला रिहा

spot_img
spot_img

काठमाडाैं, १७ चैत्र । दुई महिनाअघि अफगानिस्तानमा तालिबानको हिरासतमा पुगेकी अमेरिकी महिला फेय हल रिहा भएकी छिन्। अफगानिस्तानका लागि पूर्व अमेरिकी विशेष दूत जाल्मे खलिलजादले यसको पुष्टि गरेका छन्।

खलिलजादले रिहा भएपछि सामाजिक सञ्जाल प्लेटफर्म एक्समा हलको भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन्। भिडियोमा हलले रिहाइका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएकी छिन्।

खलिलजादले हलको रिहाइको लागि अफगानिस्तान र संयुक्त राज्य अमेरिकाबीच मध्यस्थता गरेकोमा कतारलाई धन्यवाद दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय