Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

सीके राउत मधेश स्वायत्तताको...

जनकपुर,०२ मंसिर । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्किएपछि एमाले बाहेक दलहरू अहिले...

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

वर्तमान सरकार असफल भएको आम जनताका अध्यक्ष प्रभु साहको भनाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१९ चैत । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार असफल भइसकेको दाबी गरेका छन्। बीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजावादी आन्दोलनका क्रममा भएको धनजनको क्षतिको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने बताएका छन्।

पत्रकारहरूसँगको कुराकानीमा साहले प्रत्येक आन्दोलनमा भएको क्षतिको जिम्मा राज्यले लिने प्रचलन रहेको बताउँदै हालको परिस्थिति सिर्जना हुनुमा सरकार स्वयं जिम्मेवार रहेको उल्लेख गरे। उनका अनुसार, सरकारको कमजोरीकै कारण देशमा अस्थिरता बढिरहेको छ।

बीरगन्जको ओम पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले राजा र लोकतन्त्र एकैसाथ रहन नसक्ने दाबी गरे। उनले वर्तमान संविधानलाई अपूरो भन्दै अहिलेको संकटको मूल जड संविधानकै कमजोरी रहेको बताए।

“संविधान लेखनको समयमा नै मैले यसमा विमति जनाएको थिएँ,” साहले भने, “त्यसबेला उठाएका मेरा सवालहरूको जवाफ अहिलेको सरकारले दिनुपर्ने हुन्छ।”

उनले वर्तमान सरकारको आलोचना गर्दै संविधान संशोधनबिना देशको स्थायित्व सम्भव नभएको बताए। साहले सरकारलाई कमजोर भन्दै अबको बाटो सुधारको खोजी गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे।

ताजा समाचार

थप समाचार