Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025
Date
बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

शिक्षकको जायज मागप्रति सरकार...

काठमाडौं, १० वैशाख । आन्दोलनरत शिक्षकहरूप्रति सरकार गम्भीर देखिएको छ। शिक्षकमाथि उठेका जायज...

सिंहदरबारमा अब बोतल र...

काठमाडौं,१० वैशाख । खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा अबदेखि बोतल...

अब जुत्ता, चप्पल र...

काठमाडौं,१० वैशाख । अब बजारमा पाइने जुत्ता, चप्पल तथा औषधी र मेडिकल सामग्रीमा...

काठमाडौं महानगरको राजस्व ७...

काठमाडौं,१० वैशाख । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको बैशाख ७ गतेसम्ममा कुल ७...
spot_imgspot_imgspot_img
25.1 C
Kathmandu
31.1 C
Birgunj
spot_imgspot_imgspot_img

शिक्षकहरूको अनिश्चितकालीन आन्दोलन घोषणा,भोलिदेखि काठमाडौंमा प्रदर्शन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१९ चैत । नेपाल शिक्षक महासंघले भोलि (चैत २०) बाट अनिश्चितकालीन सडक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आज पत्रकार सम्मेलन गरी आन्दोलनको विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो।

- Advertisement -

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, शिक्षकहरू माघ २० गतेदेखि चरणबद्ध रूपमा आन्दोलनरत छन्। यसक्रममा पालिका, जिल्ला, र प्रदेश तहमा विभिन्न विरोध कार्यक्रम सम्पन्न भइसकेका छन्। पहिलो चरणको अन्तिम कार्यक्रमस्वरूप गत फागुन २४ गते काठमाडौंमा वृहत् सडक आन्दोलन गरिएको थियो।

महासंघले आन्दोलनलाई थप प्रभावकारी बनाउन भोलिदेखि “काठमाडौं जाऔं अभियान” सुरु गर्ने र अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्ने जनाएको छ। आन्दोलनमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूको सहभागिता रहनेछ।

- Advertisement -

महासंघले स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी-करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरूका समस्या समाधान गर्नुपर्ने माग अघि सारेको छ।

यस्तै, महासंघले गुणस्तरीय विद्यालय शिक्षाको व्यवस्था मिलाउने स्पष्ट मार्गचित्रसहितको नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएको छ।महासंघले सरकारसँग अघिल्लो सहमति कार्यान्वयन गर्दै गुणस्तरीय, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन बाध्य पार्ने उद्देश्यले यो आन्दोलन सुरु गरिएको जनाएको छ।

“यो आन्दोलन केवल शिक्षक कर्मचारीका मागहरू मात्र होइन, गुणस्तरीय विद्यालय शिक्षा र विद्यार्थीको हितका लागि पनि हो। हामी शान्तिपूर्ण, अनुशासित, र मर्यादित रूपमा आन्दोलन गर्नेछौं,” महासंघका अध्यक्ष सुवेदीले भने।

महासंघले सरकारलाई यथाशीघ्र संवाद र समाधानको पहल गर्न आग्रह गरेको छ। शिक्षकहरूको यो आन्दोलनले विद्यालय शिक्षा व्यवस्थापनमा गहिरो असर पार्न सक्ने भन्दै विद्यार्थी अभिभावकहरू पनि चासोका साथ हेरिरहेका छन्।

ताजा समाचार

spot_img

थप समाचार