काठमाडौँ, २० चैत्र । माओवादीको तराई-मधेश जागरण अभियान नेपालगन्जमा पुगेकाे छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नेपालगन्ज पुगेका छन्। उनी माओवादी तराई-मधेश जागरण अभियानका लागि नेपालगन्ज पुगेका हुन्।


प्रचण्डले आज अनेमसंघ क्रान्तिकारी लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने सचिवालयले बताएको छ।
माओवादी केन्द्रका नेताहरू चैत २१ र २२ गते जनतासँग माओवादी तराई-मधेश जागरण अभियानलाई राजावादीको प्रदर्शनपछि निरन्तरता दिएको छ।नेपालगन्जको कार्यक्रम सकेर प्रचण्ड बाँके र बर्दियामा सहभागी हुने बताईएको छ ।